YouTube Link

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

Facebook Link

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

 

प्रहरी तालिम केन्द्र, महाराजगञ्ज, काठमाडौंमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा विजय एफसीले सुम्निमा एफसीलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनलमा वीआर ब्रदर्स एफसी चन्द्रागिरिले शिलापत्र एफसीलाई ४-० गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

फाइनल खेलमा उपाधि रक्षाका लागि विजय एफसी र वीआर ब्रदर्स एफसी चन्द्रागिरिबीच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा भएको थियो । टाईब्रेकरमा वीआर ब्रदर्स एफसी चन्द्रागिरिले विजय एफसीलाई ३-२ को रोमाञ्चक जित निकाल्दै प्रथम संस्करणको ऐतिहासिक उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

प्रतियोगितामा शिलापत्र एफसीले फेयर प्ले अवार्ड जित्यो । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार वीआर ब्रदर्स एफसी चन्द्रागिरिले प्राप्त गर्यो भने उत्कृष्ट डिफेन्सको पुरस्कार विजय एफसीले हात पारेको थियो ।

 

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, महासचिव सुनिल कटुवाल, कोषाध्यक्ष तेजुला खतिवडा, वरिष्ठ अभिनेता रविन्द्र खड्का, अभिनेता पुष्कर भट्ट लगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले विभिन्न उपाधिको पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता रोहित अधिकारी, निर्देशक चन्द्र पन्त, अभिनेता निखिल उप्रेती, वितरक रोहित रत्न कटेल, निर्माता आयुषमान जोशी, निर्माता समीर राई, निर्देशक ससान कँडेल, निर्देशक राजेन्द्र बस्नेत लगायत चलचित्रकर्मी तथा विभिन्न चलचित्र निर्माण टोलीले खेलकुद सामग्री सहयोग र नेपाली चलचित्र क्षेत्रप्रति दिएको योगदानलाई उच्च कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

समापन समारोहमा बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष रामबहादुर (आर.के.) सुवेदीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने चलचित्र विकास बोर्ड, सहभागी टोली, कलाकार, पत्रकार, प्रायोजक, स्वयंसेवक, सुरक्षाकर्मी तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरे । आयोजकका अनुसार चलचित्र क्षेत्र र खेलकुदबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता बनाउँदै निरन्तर आयोजना गरिने जानकारी गराएको छ ।

तस्बीरः मुकुन्द कालिकोटे

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...