YouTube Link

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । यी दुई टोलीबीचको खेल मध्यराती १२:४५ बजे सुरु हुनेछ । फुटबलमा यी दुई टोलीबीचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ । सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको आलोचकीय ‘ह्यान्ड अफ गड’ र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इङ्गल्यान्डलाई हराएको थियो ।

 

अर्जेन्टिनाले यस जितलाई फकल्यान्ड युद्धमा ब्रिटिससँग हारेको बदलाका रूपमा पनि लिएको थियो । १२ वर्षपछि यी दुई टिमबीचको खेल सो समयका सुपर स्टार इङ्गल्यान्डका डेभिड बेकहामका लागि चुनौती बन्यो । बेकहामका कारण नै इङ्गल्यान्डको पराजयको कारण पनि बन्यो । पछि बेकहामले चार वर्षपछि नै गोल गरेर अर्जेन्टिनालाई समूह चरणबाट बिदा गराएर बदला लिन सफल थियो । अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने प्रयास गर्दैछ । यदि उसले इङ्गल्यान्डविरुद्ध जित प्राप्त गरेमा अर्जेन्टिनाले पछिल्ला चार विश्वकपमध्ये तीनमा फाइनल खेलेको गौरव हासिल गर्नेछ ।

 

इङ्गल्यान्ड भने सन् १९६६ मा विश्वकप जितेको गौरवलाई दोहोर्‍याउने अभियानमा छ । सो विश्वकप इङ्गल्यान्डको अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्गल्यान्डले धेरै पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । पछिल्ला ८ वर्षको मात्र कुरा गर्ने हो भने इङ्गल्यान्ड विश्वकप २०१८ को सेमिफाइनल तथा युरो च्याम्पियनसिप २०२१ र २०२४ को फाइनलमा पुगेको थियो । इङ्गल्यान्ड यसपालि विश्वकप उपाधिको खडेरीलाई समाप्त पार्ने दाउमा हुनेछ ।

 

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रा अपेक्षा गरेभन्दा कठिन नै भएको थियो । विशेषत: नकआउट चरणका खेलहरूमा उसले निकै कठिन लडाइँ लडेको हो । यसको विपरीत इङ्गल्यान्ड भने सेमिफाइनलसम्मको यात्रामा प्रभावशाली देखिएको छ । अर्जेन्टिनाको आशा भने जिवितै छ । अहिलेसम्म क्वाटरफाइनलबाहेक अर्जेन्टिनाका लागि लियोनेल मेसीको ‘वन म्यान शो’ भइरहेको छ । मेसी ८ गोल र २ असिस्ट गर्दै गोल्डेन बुटको दाबेदारीमा फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेसँगै अग्रस्थानमा छन् ।

 

पहिलो पटक इङ्गल्यान्डविरुद्ध मेस्सी

अर्जेन्टिनाका कप्तान मेस्सीले आफ्नो फुटबल करियरमा सम्भवत: सबै जसो अनुभव गरिसके । यद्यपि ३९ वर्षीय मेस्सीले अहिलेसम्म इङ्गल्यान्डविरुद्ध खेलेका छैनन् । यस विश्वकपमा मेस्सीले अर्जेन्टिनाको परम्परागत प्रतिद्वन्द्वी इङ्गल्यान्डविरुद्ध पनि खेल्ने अवसर पाएका हुन् । सन् २००५ मा १८ वर्षको छँदा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेको मेस्सीले अर्जेन्टिनाका लागि दुई सयभन्दा बढी खेल खेलिसके । उनी अहिले एक पटक फेरि अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने अभियानमा छन् ।

 

मेस्सी अहिले विश्व फुटबलका महान् फुटबलर डिएगो म्याराडोनाको बराबरी गर्ने ठाउँमा पनि छन् । म्याराडोनाले आफ्नो नेतृत्वमा दुई पटक अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए ।  मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले चार वर्षअघि कतारमा विश्वकपको उपाधि जितिसकेको छ । यसपालि उपाधि रक्षा गरेमा मेस्सीले म्याराडोनाको बराबरी गर्नेछन् । मेसी विश्वकप फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता पनि हुन् । उनले विश्वकपमा २२ खेलमा सबैभन्दा बढी २१ गोल गरेका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...