YouTube Link

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

Facebook Link
vision

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका युवा नै समृद्ध नेपालका आधारस्तम्भ हुन् । राष्ट्रिय आवश्यकताअनुरुप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउँदै युवाहरूमा यही भावना जागृत गराउने उद्देश्यका साथ २००८ सालबाट युवा विद्यार्थीलाई सहभागी गराई राज्यले ‘नेशनल क्याडेट कर्प्स’ एनसीसी तालिम शुरु गरेको थियो, जतिबेला क्रान्तिबाट शान्तिमा फर्किएको नेपाली काङ्ग्रेस सम्मिलित मोहनशमशेर राणा नेतृत्वको सरकार थियो ।

२००८ सालमा दरबार हाइस्कूल-त्रिचन्द्र कलेजका विद्यार्थीहरुको तीन प्लाटुन बनाई गोदावरी (अहिलेको सेन्टजेभियर्स) को हातामा डा.बद्रीराज पाण्डे, डा.तेजलाल श्रेष्ठ, अर्जुन नरसिंह राणालगायतले एक महिने हतियारसहित आवाशीय तालिम लिएका थिए । २००८ सालबाट राज्यले शुरु गरे पनि २०२२ सालमा आधिकारिकता पाएको एनसीसी तालिमलाई थप व्यवस्थित गर्न राष्ट्रिय सेवा दलको गठनसँगै त्यतिबेला प्राध्यापक, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, न्यायाधीशलगायतलाई तालिम दिइएको थियो ।

एनसीसी तालिममा नैतिक शिक्षा र नेपालको इतिहासका बारेमा राष्ट्रिय सेवा दलले प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गर्ने गरेको छ । हालसम्म यो तालिमबाट ८९ हजार ८ सय ९४ जना प्रशिक्षित भएर पास आउट भएका छन् भने ७ हजार ७ सय १० जना तालिमरत् छन् । एनसीसी तालिमबाट प्रशिक्षित भएकाहरुले राष्ट्र विकास, विपदमा उद्धार, राहत र पुनर्स्थापना, सार्वजनिक सेवा, पूर्वाधार विकास, महामारी नियन्त्रण, प्रकृति तथा पर्यावरण संरक्षण, संस्कृति तथा सम्पदा संरक्षण एवं संवर्द्धन, सुरक्षा, सेवा, खेलकूद र तत्कालीन अवस्थामा आवश्यक ठानिने अन्य विभिन्न सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्यातउँदै आएका छन् ।

एनसीसी तालिमले आधिकारिकता पाएसँगै २०२२ सालमा प्रा.डा.तारानाथ शर्मा, प्रा.डा.श्रवणकुमार सिंह, प्रा.डा.आनन्दप्रसाद अर्याल, प्रा.डा.विश्वुमान श्रेष्ठ, प्रा.डा.शरणमान तुलाधर, प्रा.डा.खड्गमान श्रेष्ठ र २०२३ सालमा
प्रा.डा.आनन्द पाठक, प्रा.डा.हरिप्रसाद कारञ्जित, प्रा.डा.तुलसी दिवश, प्रा.डा.रामदयाल राकेश, प्रा.डा.मुरारीप्रसाद ओझाले ६ महिने तालिम लिएका थिए ।

राष्ट्रिय सेवा दलको महानिर्देशकमा उपरथी (अप्रा) यामप्रसाद ढकाल नियुक्त भएपछि खासगरी तराइका बोर्डर इलाकामा बसोबास गर्ने नेपाली युवाहरुमा देशभक्तिको भावना थप जागृत गराउने र नेपाली सेनाप्रति नागरिकको अपनत्व उच्च राख्ने अभिप्रायका साथ एनसीसी तालिममा समेट्ने, पिछडिएका, सीमान्तकृत, दलित-मुश्लिम र रोल्पा-रुकुम, जाजरकोटलगायतका दूर्गम जिल्लाका युवाहरूलाई एनसीसी तालिममा जोड्ने थप प्रयाससँगै देशभरिका २ सय १४ विद्यालयबाट २ सय ५७ पुर्या।इएको छ ।

गौरवशाली इतिहास बोकेको एनसीसी तालिम लिएकाहरु सञ्चार, प्राध्यापन, चिकित्सा, कूटनीति, न्याय, नेपाली सेना, अन्य सुरक्षा निकाय, नेपाल सरकारका विभिन्न सेवालगायत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको उच्च ओहदामा पुगेका छन् । तर, अझै पनि कतिपयले एनसीसीलाई सैनिक तालिम भनेर अर्थ्याउनु अचम्मबाहेक के हुन्छ ? खासमा यो तालिम नेपाली सेनाले नै दिन्छ, लक्ष्यचाही मुलुकलाई आवश्यक देशभक्त र अनुशासित नागरिक तयार पार्नु नै हो भन्ने बुझ्न जरुरी छ ।

युवा अनुभव आदान-प्रदान कार्यक्रममार्फत् सात देशसँग कूटनैतिक सम्बन्ध मजवुत बनाउनसमेत एनसीसी तालिमले योगदान पुर्यााएको छ । बदलिँदो विश्व परिवेशमा विदेश मोह र अनावश्यक आन्दोलन होइन, कर्मठ, परिश्रमी, देशभक्त, सु-संस्कृत, अनुशासित जनशक्ति देशको सर्वाङ्गिण विकासका लागि आवश्यक छ । यही आवश्यकताबोधलाई सम्बोधन गर्दै नेपाली सेनाको व्यवस्थापनमा राष्ट्रिय सेवा दल एनसीसी तालिममार्फत् त्यस किसिमका जनशक्ति उत्पादनमा क्रियाशील रहेको पाइन्छ ।

पास आउट भइसकेका क्याडेटहरु सम्मिलित एनसीसी-अल्मुनाइमा केन्द्र, प्रदेश र जिल्लामा पदाधिकारी कमिटी, सल्लाहकार समिति, संरक्षक समिति रहेको छ । उनीहरूले विभिन्न सामाजिक कार्यसँगै ध्वंश होइन, राष्ट्र निर्माणको पाठ पनि समाजलाई पढाइरहेका छन् भने एनसीसी तालिमको माग देशभरिबाट बढ्दो छ ।

अहिलेको अवस्थामा छनौटमा परेका प्रत्येक विद्यालयमा पुगेर १५ जना छात्र र १५ जना छात्रा गरेर प्रत्येक वर्ष ७ हजार ७ सय १० जनालाई राष्ट्रिय सेवा दलमार्फत् नेपाली सेनाले तालिम प्रदान गर्ने गरेको छ । तालिमपूर्व कुलतको मार्गमा लागेका युवा पनि एनसीसी तालिमपश्चात् राष्ट्र निर्माणमा लागेका थुप्रै उदाहरण भेटिएका छन् । अनुशासित, देशभक्त र राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्ति उत्पादनको बढ्दो मागलाई सम्बोधन गर्न सरकारले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दललाई थप साधन-स्रोत सम्पन्न तुल्याएर अगाडि बढ्नुपर्ने आवाज पनि बुलन्द नै छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...