YouTube Link

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा सनसनीपूर्ण २-१ गोल अन्तरले पराजित गरेपछि फक्ल्यान्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको भन्दै साविक विजेता अर्जेन्टिना विवादमा तानिएको छ । ब्यानरकै कारण अर्जेन्टिना फिफाको कारबाहीमा पर्ने सम्भावना बढेको छ ।

 

अमेरिकाको एटलान्टामा भएको रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा थोमस टुचेलको इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो । तर, खेल सकिए लगत्तै अर्जेन्टिनी खेलाडीले मैदानमा फाल्कल्यान्ड अर्जेन्टिनाको हो लेखिएको ब्यानर बोकेर जितको खुसीयाली मनाएका थिए । दक्षिण–पश्चिम एट्लान्टिक महासागरमा रहेको बेलायती विदेशी क्षेत्र फाल्कल्यान्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमसत्ताको विवाद छ ।

 

सन् १९८२ मा यही टापुलाई लिएर दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६ सय ५५ अर्जेन्टिनी र २ सय ५५ बेलायती सैनिकले ज्यान गुमाएका थिए । फिफाले खेलकुदमा राजनीतिक सन्देश र उच्छृङ्खल गतिविधिलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

 

यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो । राजनीतिक तनावका कारण यो खेलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले फुटबल र राजनीतिलाई मिसाउन नहुने बताएका थिए । यद्यपि, जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलाएलले सामाजिक सञ्जाल एक्समा ‘यो सामान्य खेल मात्र थिएन’ भन्दै ब्यानर प्रदर्शनको बचाउ गरेकी छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...