YouTube Link

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

Facebook Link

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय सफलता प्राप्त गरेको तथ्याङ्कहरुले देखाएका छन् । काबिल कमाण्डर मानिएका निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आर्थिक अनुशासन र राजस्व चुहावट नियन्त्रणमा निर्मम बन्न सम्बन्धित कमाण्डरहरुलाई बारम्बार अह्राउँदै आएका थिए भने वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्न अह्राइरहेका छन् ।

त्यसैको परिणाम हो, राजस्व चुहावट नियन्त्रणमा आर्थिक वर्ष २०८२/०८३ मा सशस्त्र प्रहरी बल, नेपाललाई मिलेको उल्लेख्य सफलता । गल्ती गर्ने कमाण्डरलाई तत्काल मुख्यालय झिकाएर कारबाही प्रक्रिया अगाडि बढाउने र राम्रो काम गर्ने कमाण्डरलाई पुरस्कृत गर्ने नीति सशस्त्र प्रहरी बल, नेपालले लिएकै छ । जसका कारण कमाण्डरहरुलाई कर्तव्यबोधले बारम्बार झकझक्याइरहेको हुनुपर्छ ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीले आर्थिक वर्ष २०८२/०८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरको चोरी-पैठारी तथा निकासीको सामान बरामद गरी राजस्व तथा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् । सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्नलगायतका विभिन्न प्रकारका सामानहरु बरामद गरेका हुन् । सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरुले उक्त सामान बरामद गर्नुका साथै पेस्तोल २ वटा तथा सोको १ वटा म्याग्जिन, ४ राउण्ड गोली र २ वटा भरुवा बन्दूकसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

यसैगरी सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरुले ठूलो परिमाणमा लागूऔषधसहित १ सय ८१ जना पुरुष र १२ जना महिला गरी १ सय ९३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको थियो । बरामद गरिएका लागूऔषधहरुमा करीव १ किलो १ सय २३ ग्राम ब्राउन सुगर, १० हजार ७ सय ७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिन, ट्रामाडोल, नाईट्राभेट, डाईलक्स डिसी, लुपिजेसिक, फेनारगन, नाईट्रोजन, एभिल, डाईजेपामलगायतका छन् । मानव बेचविखन कार्यमा संलग्न १ जना महिला र १८ जना पुरुषलाई नियन्त्रणम लिई सम्बन्धित निकायमा बझाउनुका साथै २३ महिला, २ पुरुष र १३ बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।

त्यस्तै सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमामा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुका साथै गत आर्थिक वर्षमा विभिन्न समूह, क्लब, तथा शैक्षिक संस्थाहरुमा लागूऔषध दुर्व्यशनीसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत संचालन गरेको हो । यस्तै नदिजन्य उत्खनन् नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीले १ सय ४ वटा ट्रयाक्टर, ३ वटा ट्रिपर र ५ वटा जेसीबीलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

सोही आर्थिक वर्षमा वञ्यजन्तु तथा वनपैदावार चोरी-पैठारी नियन्त्रणको क्रममा गैँडाको खाग १, हरिणको सिङ १, २ हजार ३ सय ३३ क्यूफिट विभिन्न जातको काठ बरामद गर्नुका साथै उक्त कार्यमा संलग्न २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो । सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले कोशी प्रदेशका विभिन्न स्थानमा ६ हजार ८ सय ४६ वटा फलफूल तथा विभिन्न प्रजातिका बोटविरुवाहरु बृक्षारोपण समेत गरेका बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...