Rajshow Bivag

कतारमा नेपाली कामदार पठाउने काममा समस्या

Departmant of helth services

काठमाडौं:  कतारमा नेपाली दूतावासका कर्मचारी गैरजिम्मेवार बन्दा कामदार पठाउने काममा समस्या आएको छ । कोरोना भाइरस संक्रमणपछि नेपाली कामदारहरुका लागि आउने मागपत्र प्रमाणीकरण गर्ने जिम्मेवारी पाएका श्रम सहचारीका कारण फेरि समस्या परेको हो ।

कतारका विभिन्न कम्पनीहरु र नेपालका म्यानपावर कम्पनीबीचमा कामदार पठाउने सम्झौता भएपनि फाइल अहिले कतारको श्रम सहचारी अनुप गौतमको टेबलमा नै थुप्रिन पुगेको छ । कतारका श्रम सहचारी गौतमका कारण थुप्रै नेपाली कामदार विदेश जानबाट बन्चित भएको गुनासो आउन थालेको छ ।

नेपाली दूतावास कार्यालयमा अनुमतिका लागि पुगेका सयौं फाइल दूतावासमा नै अड्केको कारण नेपाली कामदारहरू कतार जाने प्रकृया नै रोकिएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघ सम्बद्ध स्रोतले जनाएको छ ।

कतारको राम्रो कम्पनीहरुको डिमाण्ड श्रम शहचारीले बिना कारण प्रमाणीकरण फाइल रोकेर कतारी कम्पनीलाई दुःख दिने , कतारकै लोकल एजेन्सी प्रयोग गरि डिमाण्ड हत्याउने र आफू अनुकुलका कम्पनीलाई डिमाण्ड दिन लगाइ लाभ लिने गरेको गुनासो ब्यावसायीले गरेका छन् ।

ब्यावसायीहरु सहचारीले आफ्नो जिम्मेवारी पूरा नगरी फाइदामात्र हेरेर काम गरेको भन्दै गुनासो लिएर श्रम सचिब तोयम रायलाई भेटेका छन् । ब्यावसायीले सचिव सामु सहचारी हटाउनसमेत माग गरेका छन् ।

उनीहरुले, ‘हामी दुताबास त्यसै आएको हैन सबै निकायमा सहकार्य गर्नुपर्छ । कयौ उजुरी भएका कम्पनीलाई काम गर्न दिइयो अरुको फाइल रोकियो ।’ भन्दै सचिवालाई गुनासो गरेको एक सहभागिले बताए ।

उनका अनुसार बि आरके कम्पनी, बब स्टार कम्पनी र प्रेट्रोसप कम्पनी बाट १७ हजार ,१२ हजार र ९ हजार कतारी रियल बुझेर गौतमले ति कम्पनीको पक्षमा मात्र काम गरेको आरोप छ ।  दुतावाससँग डिमाण्ड प्रमाणीकरण गर्न जनवरी एक गते देखि गर्नु गराउनु भन्ने कुनै आदेश निर्देशन नभएपनि आर्थिक लाभ कै निमित्त श्रम सहचारीले कतारको लोकल मेनपावर एजेन्सीको मिलेमतोमा ब्यावसायीको भनाई छ ।

अभिलब्भ बबस्टार ,प्रेट्रो सप र बिआरके कम्पनीको फाइल कुन मापदण्ड र प्रकृयाबाट दुताबासले प्रमाणीकरण गरिएको हो त्यस्को कारण देखाउन समेत सचिबसँग माग गरेका छन् । श्रम सहचारीकै कारण कतारी कम्पनीहरुले नेपाली कामदार मेहनती इमान्दार भएपनि अन्य देशबाट कामदार लिन बाध्य बनाएको ब्यावसायीको गुनासो छ ।

कतारमा कुनैपनि अन्तराष्ट्रिय हवाइमा प्रतिवन्ध नभएमा आउँदो जनवरी एक तारिकदेखि सबै कामदारका लागि डिमाण्डहरु सदर गर्ने र नेपाली कामदार कतार पठाउने सहमति भएको अवस्थामा सोही अनुसार कामदार पठाउनु पर्ने संघको दाबी छ ।

यो पनि पढ्नुहोस् :

प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...