YouTube Link

कतारमा नेपाली कामदार पठाउने काममा समस्या

World Cup 2026
Facebook Link

काठमाडौं:  कतारमा नेपाली दूतावासका कर्मचारी गैरजिम्मेवार बन्दा कामदार पठाउने काममा समस्या आएको छ । कोरोना भाइरस संक्रमणपछि नेपाली कामदारहरुका लागि आउने मागपत्र प्रमाणीकरण गर्ने जिम्मेवारी पाएका श्रम सहचारीका कारण फेरि समस्या परेको हो ।

कतारका विभिन्न कम्पनीहरु र नेपालका म्यानपावर कम्पनीबीचमा कामदार पठाउने सम्झौता भएपनि फाइल अहिले कतारको श्रम सहचारी अनुप गौतमको टेबलमा नै थुप्रिन पुगेको छ । कतारका श्रम सहचारी गौतमका कारण थुप्रै नेपाली कामदार विदेश जानबाट बन्चित भएको गुनासो आउन थालेको छ ।

नेपाली दूतावास कार्यालयमा अनुमतिका लागि पुगेका सयौं फाइल दूतावासमा नै अड्केको कारण नेपाली कामदारहरू कतार जाने प्रकृया नै रोकिएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघ सम्बद्ध स्रोतले जनाएको छ ।

कतारको राम्रो कम्पनीहरुको डिमाण्ड श्रम शहचारीले बिना कारण प्रमाणीकरण फाइल रोकेर कतारी कम्पनीलाई दुःख दिने , कतारकै लोकल एजेन्सी प्रयोग गरि डिमाण्ड हत्याउने र आफू अनुकुलका कम्पनीलाई डिमाण्ड दिन लगाइ लाभ लिने गरेको गुनासो ब्यावसायीले गरेका छन् ।

ब्यावसायीहरु सहचारीले आफ्नो जिम्मेवारी पूरा नगरी फाइदामात्र हेरेर काम गरेको भन्दै गुनासो लिएर श्रम सचिब तोयम रायलाई भेटेका छन् । ब्यावसायीले सचिव सामु सहचारी हटाउनसमेत माग गरेका छन् ।

उनीहरुले, ‘हामी दुताबास त्यसै आएको हैन सबै निकायमा सहकार्य गर्नुपर्छ । कयौ उजुरी भएका कम्पनीलाई काम गर्न दिइयो अरुको फाइल रोकियो ।’ भन्दै सचिवालाई गुनासो गरेको एक सहभागिले बताए ।

उनका अनुसार बि आरके कम्पनी, बब स्टार कम्पनी र प्रेट्रोसप कम्पनी बाट १७ हजार ,१२ हजार र ९ हजार कतारी रियल बुझेर गौतमले ति कम्पनीको पक्षमा मात्र काम गरेको आरोप छ ।  दुतावाससँग डिमाण्ड प्रमाणीकरण गर्न जनवरी एक गते देखि गर्नु गराउनु भन्ने कुनै आदेश निर्देशन नभएपनि आर्थिक लाभ कै निमित्त श्रम सहचारीले कतारको लोकल मेनपावर एजेन्सीको मिलेमतोमा ब्यावसायीको भनाई छ ।

अभिलब्भ बबस्टार ,प्रेट्रो सप र बिआरके कम्पनीको फाइल कुन मापदण्ड र प्रकृयाबाट दुताबासले प्रमाणीकरण गरिएको हो त्यस्को कारण देखाउन समेत सचिबसँग माग गरेका छन् । श्रम सहचारीकै कारण कतारी कम्पनीहरुले नेपाली कामदार मेहनती इमान्दार भएपनि अन्य देशबाट कामदार लिन बाध्य बनाएको ब्यावसायीको गुनासो छ ।

कतारमा कुनैपनि अन्तराष्ट्रिय हवाइमा प्रतिवन्ध नभएमा आउँदो जनवरी एक तारिकदेखि सबै कामदारका लागि डिमाण्डहरु सदर गर्ने र नेपाली कामदार कतार पठाउने सहमति भएको अवस्थामा सोही अनुसार कामदार पठाउनु पर्ने संघको दाबी छ ।

यो पनि पढ्नुहोस् :

प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...