YouTube Link

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

Facebook Link

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियो टेक तामाङ अफिसियल युटुब च्यानलमार्फत् यसै साता सार्वजनिक भएको छ । विभिन्न शुभ कार्यका पार्टीहरुलाई सुहाउँदो ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतले वैवाहिक समारोहलगायतका अवसरमा ‘सालको पातको टपरी हुने…’ गीतको स्थान ओगट्ने चर्चा गीत-संगीतका पारखीहरुले गरेको सुनिए पनि यो गीत सदाबहार सबैको मन-मस्तिष्कमा बस्ने खालको रहेको छ ।

 

अञ्जु पन्त, रामकृष्ण ढकालको स्वर, कन्काइस्ट राईको संगीत, देवेश राईको एरेञ्ज, मिक्सिङ एण्ड मास्टरिङ, सेवा रेकर्डिङ स्टुडियोको रेकर्ड रहेको ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियोमा चलचित्र अभिनेता पल शाह, विना राउत, सुरज तामाङ र रेशु गुरुङको अभिनय रहेको छ भने अभिषेक वाग्ले र रितेश सिंजाली मगरको संयुक्त कोरियोग्राफी, मेकअपमा पुनम चौधरी, प्रोडक्सन म्यानेजरमा हरि अधिकारी र पहिरन भ्यालेण्टिनो बुटिकको छ ।

 

योगिन मुकारुङ रेकर्डिष्ट, पवन सुस्लिङको छायांकन र सम्पादन रहेको ‘बिताऔं जीवन हाँसेर, छमछ्मी नाचेर’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं उपत्यका र आसपासका क्षेत्रलाई पृष्ठभूमि बनाएर अत्यन्तै सुन्दर दृश्यसहित छायांकन गरिएको छ । इमेज-सगरमाथा म्युजिक अवार्डलगायत झण्डै दर्जन अवार्डका विजेता टेक तामाङ नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन् भने चर्चित गीतकारमात्र होइनन्, साहित्य र कार्यक्रम प्रस्तुतिमा पनि अब्बल छन् ।

 

बहुविधामा निपूर्ण चर्चित गीतकार टेक तामाङ नेपाल प्रहरीमा सेवारत रहँदा पनि ‘रोल मोडल’ नै थिए । बन्दूक, कलम, गीत, कला र गलाको बेजोड समिश्रण गराएका उनी गीतमार्फत् सामाजिक मुद्दा उठान, सांस्कृतिक परम्परा संरक्षण तथा सम्वर्द्धन अनि परिवर्तन र चेतना पनि बृद्धि गर्न सकिने बताउँछन् । शालीन स्वभाव, मिजासिलो व्यवहारका पर्याय चर्चित गीतकार टेक तामाङको ‘एकल साङ्गीतिक साँझ’ नेपाली गीत-संगीत क्षेत्रकै ऐतिहासिक कार्यक्रम सावित भएको थियो भने ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियो खोलौ, हेरौं, सुनौ र सबै छमछमी नाचौं ।

{भिडियो}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...