YouTube Link

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

Facebook Link

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियो टेक तामाङ अफिसियल युटुब च्यानलमार्फत् यसै साता सार्वजनिक भएको छ । विभिन्न शुभ कार्यका पार्टीहरुलाई सुहाउँदो ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतले वैवाहिक समारोहलगायतका अवसरमा ‘सालको पातको टपरी हुने…’ गीतको स्थान ओगट्ने चर्चा गीत-संगीतका पारखीहरुले गरेको सुनिए पनि यो गीत सदाबहार सबैको मन-मस्तिष्कमा बस्ने खालको रहेको छ ।

 

अञ्जु पन्त, रामकृष्ण ढकालको स्वर, कन्काइस्ट राईको संगीत, देवेश राईको एरेञ्ज, मिक्सिङ एण्ड मास्टरिङ, सेवा रेकर्डिङ स्टुडियोको रेकर्ड रहेको ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियोमा चलचित्र अभिनेता पल शाह, विना राउत, सुरज तामाङ र रेशु गुरुङको अभिनय रहेको छ भने अभिषेक वाग्ले र रितेश सिंजाली मगरको संयुक्त कोरियोग्राफी, मेकअपमा पुनम चौधरी, प्रोडक्सन म्यानेजरमा हरि अधिकारी र पहिरन भ्यालेण्टिनो बुटिकको छ ।

 

योगिन मुकारुङ रेकर्डिष्ट, पवन सुस्लिङको छायांकन र सम्पादन रहेको ‘बिताऔं जीवन हाँसेर, छमछ्मी नाचेर’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं उपत्यका र आसपासका क्षेत्रलाई पृष्ठभूमि बनाएर अत्यन्तै सुन्दर दृश्यसहित छायांकन गरिएको छ । इमेज-सगरमाथा म्युजिक अवार्डलगायत झण्डै दर्जन अवार्डका विजेता टेक तामाङ नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन् भने चर्चित गीतकारमात्र होइनन्, साहित्य र कार्यक्रम प्रस्तुतिमा पनि अब्बल छन् ।

 

बहुविधामा निपूर्ण चर्चित गीतकार टेक तामाङ नेपाल प्रहरीमा सेवारत रहँदा पनि ‘रोल मोडल’ नै थिए । बन्दूक, कलम, गीत, कला र गलाको बेजोड समिश्रण गराएका उनी गीतमार्फत् सामाजिक मुद्दा उठान, सांस्कृतिक परम्परा संरक्षण तथा सम्वर्द्धन अनि परिवर्तन र चेतना पनि बृद्धि गर्न सकिने बताउँछन् । शालीन स्वभाव, मिजासिलो व्यवहारका पर्याय चर्चित गीतकार टेक तामाङको ‘एकल साङ्गीतिक साँझ’ नेपाली गीत-संगीत क्षेत्रकै ऐतिहासिक कार्यक्रम सावित भएको थियो भने ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियो खोलौ, हेरौं, सुनौ र सबै छमछमी नाचौं ।

{भिडियो}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...