YouTube Link

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

Facebook Link

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश स्थापना भएसँगै सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन वेशको संख्या १६ वटा पुगेको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिएको जानकारी अनुसार डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा स्थापना भएको विपद् व्यवस्थापन वेशको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले उदघाटन गरेका थिए ।

डोटीको सदरमुकाम सिलगढीबाट करिव १ सय ३५ किलोमिटर पश्चिम-दक्षिणतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको छ ।  यो सँगै कोशी प्रदेशमा २, मधेश प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ वटा विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले २०८३ साल बैशाख महिनामा चतरा  सुनसरी, भारदह सप्तरी, भकुण्डेवेशी काभ्रे, आरुघाट गोरखा, बालडाँडा जुम्ला र डुडेझरी कैलालीमा विपद् व्यवस्थापन वेश स्थापना गरिसकेको छ ।

सशस्त्र प्रहरी बल नेपालले यसअघि मूलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, खुर्कोट सिन्धुली, कुलेखानी मकवानपुर, नारच्याङ म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा विपद् व्यवस्थापन वेश स्थापना गरेको थियो । स्थापना भएका वेशहरुमध्ये सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको गोताखोर तैनाथ छन् भने अन्य वेशमा विपद् व्यवस्थापन तालिमप्राप्त टोली रहेका बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...