YouTube Link

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

Facebook Link

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन् । दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् ।

 

सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्‍याउने लक्ष्य राखेको छ ।  सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए । प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३, कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन् । सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दर्ता भएका छन् ।

 

सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राख्दै संसद्लाई पर्याप्त बिजनेस दिने रणनीति अन्तर्गत ती विधेयक एकै पटक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव दलबहादुर अधिकारीले जानकारी दिए । विधेयकहरू अब बस्ने संसद्का बैठकमा पेस हुनेछन् । कानुन मन्त्रालयका अनुसार, विभिन्न मन्त्रालयहरूसँगको समन्वयमा थप विधेयकहरू पनि मस्यौदा प्रक्रियामा रहेका छन् । आगामी दिनमा ती विधेयकहरू पनि क्रमशः दर्ता गरिने प्रवक्ता अधिकारीले बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...