YouTube Link

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

Facebook Link

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन् । दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् ।

 

सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्‍याउने लक्ष्य राखेको छ ।  सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए । प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३, कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन् । सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दर्ता भएका छन् ।

 

सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राख्दै संसद्लाई पर्याप्त बिजनेस दिने रणनीति अन्तर्गत ती विधेयक एकै पटक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव दलबहादुर अधिकारीले जानकारी दिए । विधेयकहरू अब बस्ने संसद्का बैठकमा पेस हुनेछन् । कानुन मन्त्रालयका अनुसार, विभिन्न मन्त्रालयहरूसँगको समन्वयमा थप विधेयकहरू पनि मस्यौदा प्रक्रियामा रहेका छन् । आगामी दिनमा ती विधेयकहरू पनि क्रमशः दर्ता गरिने प्रवक्ता अधिकारीले बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...