YouTube Link

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा एआई विज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै फोटो पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको विवरण (क्याप्सन) लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय ध्वनि अभिलेखन, मोबाइल पत्रकारिता, कृत्रिम बौद्धिकतामार्फत तस्बिर तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, कृत्रिम बौद्धिकताको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिए ।

 

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक तस्बिर विवरण लेखन, भिडियो समाचार निर्माण, ध्वनि अभिलेखन तथा कृत्रिम बौद्धिकता उपकरणको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए । समाचार कक्षमा कृत्रिम बौद्धिकताको प्रभावकारी उपयोग, उत्पादकत्व अभिवृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो ।

 

कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण महर्जनले सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरे । उनले कृत्रिम बौद्धिकता सबै क्षेत्रका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यसको सही प्रयोगले कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउने भए पनि दुरुपयोगले गम्भीर चुनौती सिर्जना गर्न सक्ने भएकाले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिए ।

 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका पूर्वअध्यक्ष राजभाइ सुवालले आधुनिक फोटो पत्रकारितामा कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान अत्यावश्यक भइसकेको उल्लेख गर्दै समयअनुकूल प्रविधि आत्मसात् नगर्ने पत्रकार भविष्यमा प्रतिस्पर्धामा पछि पर्न सक्ने धारणा व्यक्त गरे । समारोहमा स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका प्रवन्ध निर्देशक मिना महर्जन तथा प्राचार्य नेहा केसी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

 

कार्यक्रमको अध्यक्षता गरेका एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले सञ्चार प्रविधिको तीव्र विकाससँगै फोटो पत्रकारलाई कृत्रिम बौद्धिकतामैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए । यस्ता तालिमले फोटो पत्रकारको ज्ञान, सीप, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै डिजिटल पत्रकारितामा सक्षम र प्रतिस्पर्धी बन्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । अध्यक्ष वन्तले कार्यशालाको सफल आयोजनामा सहयोग पुर्यापएको स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समयसापेक्ष तथा प्रविधिमैत्री तालिम निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

 

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यशालाले कृत्रिम बौद्धिकताको जिम्मेवार, नैतिक तथा प्रभावकारी प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ । साउन ९ र १० गते काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन गरिएको कार्यशालाको प्रायोजन सहो विद्यालयले गरेको हो ।

 

यसैबीच सडक सदन साप्ताहिक पत्रिकाले फोटोपत्रकारहरुबीच आफ्नौ १५औं वार्षिकोत्सव केक काटेर मनाएको थियो । पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक मुकुन्द बहादुर कालिकोटेले पत्रिकाको वार्षिकोत्सवको अवसरमा सबै फोटोपत्रकारहरुसँग खुशी साटासाट गर्दै आगमी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको बताए । वार्षिकोत्सवको अवसरमा व्यवसायिक समर्पण तथा समाजप्रतिको उत्तरदायी भूमिका निर्वाह गर्ने ५ जना पत्रकारलाई सडक सदन पत्रकारिता-२०८३ बाट सम्मान गरेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...