YouTube Link

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

Facebook Link

काठमाडौं : विश्व फटलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

 

तर नेपालले पहिलो खेल २-० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो । २ खेलको सिरिज नेपालले १-० ले गुमाएको थियो । नेपाललाई हराएको बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

 

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ । चार स्थान सुधार गरेको भारत१०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ । भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ ।

 

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन भने मेक्सिको र इटली शीर्ष दशमा प्रवेश गरेका छन् । यस्तै क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

 

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमशस् नवौं र दशौँ स्थानमा छ । क्रोएसिया दुई स्थान तल झर्दै ११औं स्थानमा पुगेको छ भने पाँच स्थान तल झर्दै कोलम्बिया १५औं मा पुगेको छ ।

 

एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/2020/11/19612/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...