YouTube Link

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा खप्तड र मधेश तथा दोस्रो खेलमा काठमाडौं रेड्स र सगरमाथाबीच प्रतिष्पर्धा हुनेछ । एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिता चलिरहेको छ ।

 

यसैबीच सोमबार भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो । अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए । ३ खेलमा अन्नपूर्णको दोश्रो जित हो । आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले चुकेको थियो । मधेश भने हालसम्म जितविहीन छ । मेधशले पनि ३ खेल खेलिसकेको छ । मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ तथा काठमाडौं रेड्ससँग ३–२ ले पछि परेको थियो ।

 

यसैबीच सोमबार नै भएको दोस्रो खेलमा अपराजित दुई टोली कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सबीचको खलेलमा कर्णाली ३–२ ले विजयी भयो । लगातार तेश्रो खेलमा जित हात पार्ने क्रममा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को प्रदर्शन गर्यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ चुनिए ।

 

यो खेलअघिसम्म सगरमाथा पनि अपराजित थियो । दुवै टोलीले समान ३–३ खेल खेलेका छन् । जारी लिगमा कर्णाली एक मात्र अपराजित टोली हो । यसअघि कर्णालीले अन्नपूर्णलाई ३–१ तथा खप्तड फाल्कन्सलाई ३–० ले पाखा लगाएको थियो । सगरमाथाले मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो ।

 

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

 

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...