YouTube Link

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

Facebook Link

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनैपनि कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिबद्धता व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले पुनःस्थापनाका लागि सरकारले आन्तरिक स्रोतका साथै दातृ निकायहरूले उपलब्ध गराएको सहायता रकमसमेत अधिकतम प्रयोग गर्ने तयारी गरिरहेको बताए ।

 

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको संवादले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्कालै राम्रो समन्वय भएको खबर जनप्रतिनिधिहरूबाटै सुन्न पाउँदा खुसी लागेको उनले बताए । ‘यसअघि तीनवटै तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपदमा हामी एकै ठाउँमा उभियौँ र मिलेर काम गर्यौँन,’ उनले भने ।

 

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे । सडक सञ्जाल पुनः सञ्चालनमा आएसँगै प्रभावित नागरिकहरूलाई पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने उनको भनाइ थियो । सो क्रममा प्रधानमन्त्री शाहले सुरुआतदेखि नै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा रहेको विषय उठाउँदै अब रसुवाका बाढी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने स्पष्ट पारे । त्यसका लागि सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक बस्ती बसाउने तयारी सुरु गरिसकेको जानकारी उनले दिए ।

 

‘बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ । खेतीयोग्य जमिन जोगाउँदै उनीहरूलाई पूर्ववत् सुविधा उपलब्ध गराइनेछ,’ उनले भने । यसका लागि उपयुक्त जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो भेटघाट तथा छलफलले प्रभावित क्षेत्रको वास्तविक वस्तुस्थिति बुझ्न ठूलो सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...