YouTube Link

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

Facebook Link

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर नबस्न, आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भीर्यता बुझी तत्काल परिचालन हुन मातहतलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले एक्लो प्रयासबाट मात्रै विपद्लाई पूर्णव्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको, यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद् व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौं वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

 

सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले विपद् व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्रसेवकहरु अझ व्यवसायिक भई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थितिअनुरुपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्ने बताए । उनले पछिल्लो समय देशका विभिन्न स्थानहरुमा भएका जातीय, धार्मिक तथा साम्प्रदायिक किसिमका विवादका विषयहरुले सुरक्षामा थप चुनौती थपिएको भन्दै यस्ता कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुले मानवअधिकारको पूर्णपालना गर्दै कानूनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नुका साथै सुरक्षा परिचालन र कारवाहीमा समेत सशस्त्र प्रहरी बल, नेपालको कुनै कमी-कमजोरी नहुने तरिकाले परिचालन हुन निर्देशन दिए ।

 

आफ्नो व्यक्तिगत आग्रह-पूर्वाग्रहलाई थाँती राख्दै कमाण्डर तथा नेतृत्व वर्गसँग हातेमालो गरी संगठन विकासमा एउटै लक्ष्यका साथ अघि बढ्न र आफ्नो कर्तव्य पथमा अविचलित भई लागिरहन निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने- ‘म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा वृत्तिविकासका अवसरहरु आफैं सिर्जना हुँदै जान्छन् ।’ उनले सीमावासीसँगको सुमधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरुको विश्वास, सहयोग र सहभागितामा सीमा सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रुपमा जोड्नुपर्ने बताउँदै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरु समेत संचालन गर्नुपर्ने उल्लेख गरे । सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले आपत्-विपदमा परेका आमनागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले एउटा भरोसायोग्य संगठनको रुपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्यअनुरुपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमाण्डरहरुले दण्द र पुरस्कारको नीतिलाई अझै कडाइकासाथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिए ।

 

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई अह्राएका छन् । उनले राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारबाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालनको अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिंदा आर्थिक अनियमिततामा शुन्य सहनशीलताको नीतिको पूर्णरुपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नसमेत निर्देशन दिएका छन् ।

 

सशस्त्र प्रहरी महानिरीक्षकले फिल्डमा खटिदा सानो कमजोरी वा लापरवाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रियस्तरमा भइरहेका विरोध कार्यक्रमहरु, विपद्, सीमा अपराध र समाजिक संजालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरुप्रति समयमै सजग रहनु पर्ने बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसार-पसार, मानव बेचविखन, तेस्रो मुलुकका नागरिकहरुको प्रवेश र चोरी-तस्करी नियन्त्रणलगायतका कार्यहरुमा खटिँदा विशेष चनाखो भई कार्य गर्नुपर्ने सम्झाउँदै आएका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...