YouTube Link

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

Facebook Link

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार र विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीलाई जर्सी वितरण गरेको छ । खेलकुद शारीरिक स्वास्थ्यसँगै आपसी मित्रता, सहकार्य, अनुशासन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य रहेको जर्सी वितरणका क्रममा ब्रदर्स एफसीका प्रमुख हरि गुरुङले बताए ।

विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । ब्रदर्स एफसी हङकङले नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्ने उद्देश्यका साथ हङकङमा नियमित रूपमा फुटसल प्रतियोगिता, मैत्रीपूर्ण फुटबल खेल तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

काठमाडौंमा आयोजित जर्सी वितरण कार्यक्रममा पनि कलाकार, पत्रकार, सञ्चारकर्मी र नेपाली समुदायबीच आत्मीय सम्बन्धलाई विस्तार गर्नुका साथै खेल संस्कृतिको प्रवर्द्ध गर्ने उद्देश्यले मायाको चिनो स्वरुप जर्सी वितरण गरिएको क्लबका प्रमुख गुरुङले बताए ।

कार्यक्रममा कलाकार तथा पत्रकारहरूको तर्फबाट सयोजक सुनिल थापा मगरले क्लबको पहलको स्वागत गर्दै यस्ता गतिविधिले खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै नेपाल र प्रवासमा रहेका नेपालीबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

विगत लामो समयदेखि ‘स्वास्थ्यका लागि खेलकुद’ नारा सहित कलाकार, पत्रकार र विभिन्न सञ्चार क्षेत्रमा आवद्ध सञ्चारकर्मीबीच ‘मैदानमा प्रतिष्पर्धा, दिलमा मित्रता’ को भावना सहित फुटसल खेल्दै आईरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...