दिन राम्रो छ । सुख प्राप्ति, भाग्यको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रम मा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधि बाट विस्तारै छुटकारा पाइने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति, दाम्पत्य जीवन सुमधुर रहने, शारिरिक सुख माध्यान जाने, व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुनसक्ने, मुद्दा मामिलाको झंझटबाट राहत मिल्ने, घरबाट टाढा बाहिर जानुपर्ने अवस्था पनि आउन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समय प्रतिकूल छ । पराक्रममा कमी । आलस्य बढने । खर्चमा वृद्धि । शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखा तथा अनुहारमा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनावको स्थिति आउन सक्छ । विद्यार्थि वर्गको लागि वैदेशिक वा प्राविधिक विषयको पढाइको लागि दिन शुभ छ । व्यापार व्यवसायमा बाह्य लगानीको सम्भावना राम्रो छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मन प्रसन्न रहनेछ, शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा वृद्धि हुने, व्यापारमा पर्याप्त लाभ, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिलावर्गबाट लाभ अथवा स्त्री सुख वा भोग विलासमा समय बित्न सक्नेछ । लगानीको लागि समय राम्रो छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्यस्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, जागीरमा हुनेहरुलाइ मान सम्मान, बढुवाको सम्भावना । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्ने छन् । सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुने सम्भावना छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने टाढैर हनुहोला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समय प्रतिकूल छ । भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग छ, सरकारी झंझट र बाधाले मनमा तनाव दिने, कुनै कानूनी समस्याको सामना गर्नुपर्ने, सन्तानसँग मतभेद हुने अथवा सन्तानको स्वास्थयमा समस्या आउने, रोग व्याधिले सताउन सक्ने, बिशेषतः छाती, पेट सम्बन्धि पुरानो समस्या बल्झिन सक्ने । पारिवारीक समस्या, दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुनसक्ने, मान प्रतिष्ठामा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनुहोला । लगानीको लागि भने आज दिन राम्रो छैन ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समय राम्रो रहने छैन । आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिन सक्ने, समय मै कामहरु नबन्ने, खानपान नमिल्ने, स्वास्थ्यको ख्याल गर्ने विशेषगरि रुघाखोकी, निमोनिया, श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनु पर्नेछ, नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, कलह र विवादबाट टाढा रहनुभएमा दिन श्रेयस्कर रहनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन राम्रो छ । मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने, भोग विलास र मनोरन्जन सुख, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धन लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रु जनित पीडाबाट मुक्ती पाइन योग छ । विद्यार्थीवर्गहरुलाइ दिन राम्रो रहनेछ । व्यापार व्यवसायमा लाभ । नयाँकार्यमा लगानीको लागि समय राम्रो छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन उत्साहजनक रहनेछ । आनन्दमय शुरुवात हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने, मान सम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरुसँगको सम्पर्क बढने । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ । अनावश्य खर्च माथि ध्यान दिनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिन प्रतिकुल छ । निर्णयहरु गलत हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थय हानी विशेषत पेट सम्बन्धि समस्या आउन सक्ने, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्टपर्ने योग देखिएको छ । यात्रामा कष्ट तथा दुर्घटनाको संभावना, कार्य क्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढनसक्ने, कामुकता बढने, विद्यार्थीहरुको पढाइमा समस्या आउने, व्यापारी तथा व्यवसायीवर्गहरुले विशेष सावधानी अपनाउनुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिकूल समय छ । घरायसी तथा मानसिक सुखमा कमी, आफन्तहरुसँग वैमनस्यता बढने, स्थाई सम्पत्ति सम्बन्धि विवाद हुनसक्ने, मन चंचल रहने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, खानपानमा ध्यान दिने, निद्रामा समस्या, छातीमा कष्ट, पीडा, धन हानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या आउन सक्ने, चिसोजन्य तथा संक्रामक रोगहरुबाट आज सावधान हुनुहोला, व्यवसाय तथा अफिसमा गतिरोधको सामना गर्नुपर्ला । लगानीलाइ समय अशुभ छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन राम्रो छ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखापर्ने, वस्त्र लाभ, मित्रसुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहने छ, लगानीलाइ आज दिन राम्रो रहनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय प्रतिकुल छ, मान हानी, धन संग्रहमा बाधा, प्रत्येक कार्यमा खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, आँखा वा अनुहारमा समस्या आउन सक्ने, खानपानमा समस्या देखापर्ने, पढाइ लेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । मनमा खराब प्रवृत्तिको सोच आउन सक्छ, बोल्दा सचेत हुनुहोला ।