Rajshow Bivag

म्याराडोनाको निधन पछि अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक घोषणा

Departmant of helth services

काठमाडैं – डिएगो मयारोडोनाको निधन पछि अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याउको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्घाञ्जली दिन सक्नेछन् ।

म्याराडोनाको निधन पछि टिमका साथी रहेका ओहवाल्दो अर्विलेसले म्यारोडोनाले जति प्रसिद्घि र प्रशंसा पाए त्यो अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन् ।
फुटबल दुनियाँका कैयौ हस्तीहरुले म्याराडोनालाई श्रद्घञ्जली दिए । यसमा ब्राजिलका महान् खेलाडी पेले देखि लिएर मेस्सी, रोनाल्डा पनि सामेल छन् ।

पेलेले श्रद्घाञ्जलीमा भनेका छन् मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान खेलाडी गुमाएको छ । मलाई आशा छ हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौ ।

म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वाआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन् ।
अर्बिलेसले मानिसहरु पोर्चूगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्घि सपना पनि पाउन नसक्ने बताए ।

बुधाबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण राखिएको थियो । यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ ।

बुधाबार अर्जेन्टिनामा फुटबाल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो । जसलाई रद्द गरिएको थियो । निकै संख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुदै रोए पनि त्यस्तै म्याराडोना रहँदै आएका स्थान एण्ड्रेसमा पनि ठुलो संख्यामा प्रशंसकहरु पुगेका थिए । अर्जेन्टिनाको राधानीमा म्याराडोनाका प्रशंसकहरु विभिन्न तरिकाले सम्झिरहेका छन् ।

हजारैं माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्घाञ्जली दिए । यो ठाउँ म्याराडोनाको लागि विषेश छ, उनले त्यहाँ इटालियन क्लबका लागि १८८ खेल खेल्दै ८८ गोल गरेका थिए ।
मानिसहरुले म्याराडोना शर्ट र फेस मास्क पनि लगाएका छन् । नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ । शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन् ।

सर्वकालीन सर्वाेत्कृष्ट खेलाडीका रुपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए ।

यो पनि पढ्नु होस् https://www.akhabarnepal.com/category/sports/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...