YouTube Link

म्याराडोनाको निधन पछि अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक घोषणा

Facebook Link

काठमाडैं – डिएगो मयारोडोनाको निधन पछि अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याउको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्घाञ्जली दिन सक्नेछन् ।

म्याराडोनाको निधन पछि टिमका साथी रहेका ओहवाल्दो अर्विलेसले म्यारोडोनाले जति प्रसिद्घि र प्रशंसा पाए त्यो अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन् ।
फुटबल दुनियाँका कैयौ हस्तीहरुले म्याराडोनालाई श्रद्घञ्जली दिए । यसमा ब्राजिलका महान् खेलाडी पेले देखि लिएर मेस्सी, रोनाल्डा पनि सामेल छन् ।

पेलेले श्रद्घाञ्जलीमा भनेका छन् मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान खेलाडी गुमाएको छ । मलाई आशा छ हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौ ।

म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वाआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन् ।
अर्बिलेसले मानिसहरु पोर्चूगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्घि सपना पनि पाउन नसक्ने बताए ।

बुधाबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण राखिएको थियो । यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ ।

बुधाबार अर्जेन्टिनामा फुटबाल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो । जसलाई रद्द गरिएको थियो । निकै संख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुदै रोए पनि त्यस्तै म्याराडोना रहँदै आएका स्थान एण्ड्रेसमा पनि ठुलो संख्यामा प्रशंसकहरु पुगेका थिए । अर्जेन्टिनाको राधानीमा म्याराडोनाका प्रशंसकहरु विभिन्न तरिकाले सम्झिरहेका छन् ।

हजारैं माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्घाञ्जली दिए । यो ठाउँ म्याराडोनाको लागि विषेश छ, उनले त्यहाँ इटालियन क्लबका लागि १८८ खेल खेल्दै ८८ गोल गरेका थिए ।
मानिसहरुले म्याराडोना शर्ट र फेस मास्क पनि लगाएका छन् । नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ । शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन् ।

सर्वकालीन सर्वाेत्कृष्ट खेलाडीका रुपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए ।

यो पनि पढ्नु होस् https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...