YouTube Link

इन्स्टाग्रामले थप्यो १०औं वर्षगाँठको अवसरमा नयाँ फिचरहरु

Facebook Link

फेसबुक स्वामित्वको लोकप्रिय एप इन्स्टाग्रामले आफ्नो १०औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ ।

इन्स्टाग्राममा थपिएका नयाँ फिचरमा Stories Map लगायतका फिचर छन् । त्यस्तै आपत्तिजनक कमेन्टहरु हाइड गर्ने तथा चेतावनी संकेतलाई विस्तार गर्ने फिचरमा पनि इन्स्टाग्राममा थपिएको छ ।

इन्स्टाग्रामले गोपनीयता फिचरको रुपमा थप गरेको नयाँ फिचरले आपत्तिजनक कमेन्टहरु लुकाइदिने बनाउँदछ । त्यसरी स्वचालित रुपमा हाइड भएका कमेन्टहरु हेर्नका लागि View Hidden Comments अप्सनमा ट्याप गर्नु पर्नेछ ।

इन्स्टाग्रामले थप गरेको Nudge Warnings फिचरले इन्स्टाग्राम प्रयोगकर्ताहरुलाई आपत्तिजनक कमेन्ट गरिरहँदा चेतावनी सन्देश पठाउँदछ । यसले गलत तथा आपत्तिजनक टिप्पणी गर्न चाहनेहरुलाई निरुत्साहित गर्ने र आपत्तिजनक शव्द सच्चाउनका लागि प्रयोगकर्ताहरुलाई उत्प्रेरित गर्ने बताइएको छ ।

यसबाहेक इन्स्टाग्राममा अरु १० वटा निकै उपयोगी फिचरहरु थप गरिँदैछ । त्यसमा सेल्फी स्टिकर, इमोजी, वाच टुगेदर तथा भ्यानिस मोड लगायतका रहेका छन् । भ्यानिस मोड यस्तो फिचर हो जहाँ कसैलाई पठाएको मेसेज प्रापकले हेरिसकेपछि आफै हराउनेछ ।

यसैबीच फेसबुकले इन्स्टाग्रामको डाइरेक्ट मेसेज सर्भिसलाई फेसबुकको मेसेन्जर प्लाटफर्मसँग मर्ज गर्ने घोषणा गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...