YouTube Link

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

World Cup 2026
Facebook Link

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको छ । यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलको ब्यालेन्सबाट डेटा चलाउने वा नचलाउने भन्ने विकल्प आफैँ रोज्न सक्नेछन् । टेलिकमका अनुसार प्रयोगकर्ताले ‘पे एज यू गो’ सेवालाई आफ्नो इच्छा अनुसार सक्रिय वा निष्क्रिय पार्न सक्नेछन् । यो सुविधा प्रयोग गर्न ग्राहकले *४४४# डायल गर्नुपर्ने हुन्छ ।

 

कसरी मिलाउने सेटिङ ?

सुरुमा मोबाइलमा *४४४# थिच्नुहोस् । त्यसपछि स्क्रिनमा देखिने चौथो नम्बरको विकल्प ‘Enable/Disable PAYG’ छनोट गर्न ४ थिचेर सेन्ड गर्नुहोस् ।

 

त्यहाँ तीनवटा विकल्प देखिनेछन्:

Disable : डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटियोस् भन्नका लागि १ थिचेर सेन्ड गर्नुहोस् ।

Enable : प्याकेज नभए पनि मेन ब्यालेन्सबाटै डेटा चलाउनुपर्ने भएमा २ थिचेर सेन्ड गर्नुहोस् ।

Status : आफ्नो मोबाइलमा यो सेवा कुन अवस्थामा छ भनी हेर्न ३ थिचेर सेन्ड गर्नुहोस् ।

 

डिजिटल भुक्तानी वा आकस्मिक समयमा डेटा प्याकेज नभए पनि इन्टरनेट चलाउनुपर्ने अवस्थामा प्रयोगकर्ताले पुनः यो सेवा सक्रिय पार्न सक्ने टेलिकमले जनाएको छ । यो सुविधाले झुक्किएर ब्यालेन्स काटिने ग्राहकको गुनासो सम्बोधन हुने विश्वास गरिएको छ ।

 

टेलिकमले यो सुविधा थप गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् मन्त्री तिमल्सिनाले टेलिकमले यो सुविधा थप गरेको जानकारी गराएका हुन् । मन्त्री तिमल्सिनाले लेखेका छन्- “शुभप्रभात ! अहिले बिहानबाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ । त्यसको लागि *444# डायल गरेर तल देखिएको ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ । धन्यवाद !”

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...