YouTube Link

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

Facebook Link

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको छ । यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलको ब्यालेन्सबाट डेटा चलाउने वा नचलाउने भन्ने विकल्प आफैँ रोज्न सक्नेछन् । टेलिकमका अनुसार प्रयोगकर्ताले ‘पे एज यू गो’ सेवालाई आफ्नो इच्छा अनुसार सक्रिय वा निष्क्रिय पार्न सक्नेछन् । यो सुविधा प्रयोग गर्न ग्राहकले *४४४# डायल गर्नुपर्ने हुन्छ ।

 

कसरी मिलाउने सेटिङ ?

सुरुमा मोबाइलमा *४४४# थिच्नुहोस् । त्यसपछि स्क्रिनमा देखिने चौथो नम्बरको विकल्प ‘Enable/Disable PAYG’ छनोट गर्न ४ थिचेर सेन्ड गर्नुहोस् ।

 

त्यहाँ तीनवटा विकल्प देखिनेछन्:

Disable : डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटियोस् भन्नका लागि १ थिचेर सेन्ड गर्नुहोस् ।

Enable : प्याकेज नभए पनि मेन ब्यालेन्सबाटै डेटा चलाउनुपर्ने भएमा २ थिचेर सेन्ड गर्नुहोस् ।

Status : आफ्नो मोबाइलमा यो सेवा कुन अवस्थामा छ भनी हेर्न ३ थिचेर सेन्ड गर्नुहोस् ।

 

डिजिटल भुक्तानी वा आकस्मिक समयमा डेटा प्याकेज नभए पनि इन्टरनेट चलाउनुपर्ने अवस्थामा प्रयोगकर्ताले पुनः यो सेवा सक्रिय पार्न सक्ने टेलिकमले जनाएको छ । यो सुविधाले झुक्किएर ब्यालेन्स काटिने ग्राहकको गुनासो सम्बोधन हुने विश्वास गरिएको छ ।

 

टेलिकमले यो सुविधा थप गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् मन्त्री तिमल्सिनाले टेलिकमले यो सुविधा थप गरेको जानकारी गराएका हुन् । मन्त्री तिमल्सिनाले लेखेका छन्- “शुभप्रभात ! अहिले बिहानबाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ । त्यसको लागि *444# डायल गरेर तल देखिएको ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ । धन्यवाद !”

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...