YouTube Link

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

Facebook Link

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाई हाम्रै हातमा छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।

सो घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिङ्क खोल्न नहुने पनि सचेत गराएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ । फेसबुक, इन्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ । एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गराइएको पाइएको हो ।

त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनैपनि अपरिचित लिङ्क तथा एपहरु नखोल्न, डाउनलोड नगर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ । सामाजिक सञ्जाललाई सुरक्षित बनाउन दोहोरो सुरक्षा कोड प्रयोग गर्ने वा एसएमएसको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तै, पासवर्डहरु बेला बेलामा परिवर्तन गर्नुपर्छ । आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्तिलाई कुनैपनि प्रकारको जानकारी नदिने र आधिकारिक स्रोतबाट मात्र एपहरु इन्स्टल गर्नुपर्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...