महालक्ष्मी विकास बैंकले ब्याज रकममा छुट दिने
वि.सं.२०७७ असोज २७ मंगलवार १५:३९
1.6K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई ब्याज रकममा छुट दिने भएको छ ।
बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको छ ।
यस परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको जनाएको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १५:३९



















