एटिएम मेसिनभित्र कार्ड नछिराइ पैसा निकाल्न मिल्ने प्रविधि आउँदै
वि.सं.२०७७ भदौ १७ बुधवार १६:२९
2K
shares
काठमाडौं: एटिएम मेसिन नछोइ पैसा निकाल्न मिल्ने प्रविधिको विकास हुने भएको छ ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टिम (नेप्स)का प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले एटिएम मेसिनभित्र एटिएम कार्ड नछिराइ देखाएको भरमा पैसा निकाल्न मिल्ने प्रविधिको विकास गरिरहेको जानकारी दिएका छन् ।
उनले भने ‘एटिएममा नछोइ नगद कसरी निस्कन्छ भन्ने प्रविधिमा हामी लाग्न खोजिरहेका छौ ।’ लकडाउनकै अवधिमा पनि नेप्सले विभिन्न काम गरिरहेको उनले जानकारी दिए ।
यस अवधिमा साइबर सेक्युरिटिजका लागि युनिटी अप्रेसन सेन्टरको स्थापना गरिएको र यो काम यसै महिनाको अन्तिसम्ममा सक्ने योजना बनाएको सुब्बाले जानकारी दिए ।
वि.सं.२०७७ भदौ १७ बुधवार १६:२९



















