एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डकाे बुक क्लोज
वि.सं.२०७७ भदौ १७ बुधवार १६:२३
1.8K
shares
काठमाडौं: एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेकाेएनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् ।
यी दुई फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका उक्त एक दिनका लागि बन्द गर्ने निर्णय गरेकाे हाे ।
एशिया क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै, एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
वि.सं.२०७७ भदौ १७ बुधवार १६:२३




















