YouTube Link

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

Facebook Link

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र कार्यकर्ता व्यवस्थापनको केन्द्र बनाएको आरोप लगाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै नियुक्ति प्रक्रियाका कारण प्रश्नको घेरामा परेको छ । ‘जान्नेलाई छान्ने’, योग्यताका आधारमा जिम्मेवारी दिने र सार्वजनिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रतिबद्धतासहित सरकारमा पुगेको रास्वपाका विभिन्न नियुक्तिमा पारदर्शिता, योग्यता र निष्पक्षतामाथि प्रश्न उठेका छन् ।

 

राजदूत नियुक्तिमा योग्यता र छनोटमाथि प्रश्न
सरकारले राजदूत नियुक्तिका लागि खुला आवेदन माग्दै पुरानो राजनीतिक भागबन्डाभन्दा फरक प्रक्रिया अपनाउने घोषणा गरेको थियो । तर ४ हजार ४०० भन्दा बढी आवेदन परेपछि छनोट गरिएका उम्मेदवारको अन्तिम सूची, मूल्यांकनको आधार र देशअनुसार उम्मेदवार चयन गर्नुको औचित्य पर्याप्त रूपमा सार्वजनिक नभएको भन्दै आलोचना भयो । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत गर्यो । जापानका लागि प्रस्तावित ज्ञानकुमार थापाबारे भने थप स्पष्टता माग्दै निर्णय स्थगित गरियो । यस घटनाले सरकारको प्रारम्भिक छनोट र उम्मेदवारको पृष्ठभूमि परीक्षण प्रक्रियामाथि प्रश्न उठायो ।

 

प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्वको बहस
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएका नियुक्ति पनि विवादमुक्त रहेनन् । अगस्त ७ मा सार्वजनिक गरिएका २९ पदाधिकारी तथा सदस्यको नियुक्तिमा मधेश, सुदूरपश्चिम र कर्णालीको प्रतिनिधित्व न्यून रहेको भन्दै आलोचना भयो । पूर्वमन्त्री भीम रावलले नियुक्तिमा सुशासन, न्याय र निष्पक्षताको झल्को नदेखिएको टिप्पणी गरेका थिए । प्रज्ञा प्रतिष्ठानमा नियुक्ति गर्दा सिर्जनात्मक योगदान, प्राज्ञिक क्षमता र विषयगत दक्षता प्रमुख आधार हुनुपर्छ । तर छनोटको मापदण्ड, मूल्याङ्कन र प्रतिनिधित्वको आधार स्पष्ट नभए नियुक्ति प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

 

पर्यटन मन्त्रालयअन्तर्गतका नियुक्तिमा विवाद
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका नियुक्तिमा पनि विवाद देखिएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएपछि खुला आवेदनबाट उम्मेदवार छनोट गरिएको भनिए पनि अन्तिम निर्णयको आधार सार्वजनिक नभएको विषय उठ्यो । उक्त पदका लागि १०४ जनाले आवेदन दिएका थिए । त्यसैगरी, नेपाल वायुसेवा निगमका नियुक्तिमध्ये केहीलाई सर्वोच्च अदालतले योग्यता र कानुनी प्रक्रियासम्बन्धी कारण देखाउँदै बदर गरेको थियो । यी घटनाले नियुक्तिमा घोषणा गरिएको प्रतिस्पर्धात्मक विधि र अन्तिम निर्णयबीचको सम्बन्ध स्पष्ट पार्नुपर्ने आवश्यकता देखाउँछन् । आनी छोइङसँग सम्बन्धित नागरिकता र सम्पत्ति शुद्धीकरणका विषयमा पनि पुराना अनुसन्धान तथा उजुरीबारे प्रश्न उठेका छन् । तर आरोप वा अधुरो अनुसन्धानलाई प्रमाणित कसुरका रूपमा बुझ्न मिल्दैन। नियुक्तिको उपयुक्तता र ती आरोपको कानुनी निरूपण अलग विषय हुन् ।

 

नयाँहरूको पुरानै प्रवृत्ति
रास्वपा सरकारले अघिल्लो सरकारका नियुक्ति हटाएर सार्वजनिक संस्थामा योग्यताका आधारमा नयाँ व्यक्ति चयन गर्ने नीति अघि सारेको थियो । तर नयाँ नियुक्तिमा पनि छनोटको आधार, पारिवारिक सम्बन्ध, राजनीतिक निकटता र समावेशिताबारे प्रश्न उठेपछि सुधारको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन भयो भन्ने बहस सुरु भएको छ । बोत्तल नयाँ, माल पुरानै भन्ने नेपाली युक्ति बालेन साह नेतृत्वले स्मरण गर्न बाध्य बनाएको छ । सरकारका अधिकारीहरूले योग्य र विषयविज्ञ व्यक्तिलाई पारदर्शी प्रक्रियाबाट नियुक्त गरिएको दाबी गरेका छन् । त्यसैले विवादको निश्पक्ष निरूपणका लागि आरोप मात्र होइन, उम्मेदवारको योग्यता, छनोट समितिको मूल्याङ्कन र निर्णयका आधार सार्वजनिक गर्नु आवश्यक छ ।

 

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा केवल चुनावी आकर्षण होइन भने सरकारले नियुक्तिमा अपनाइएको विधि र मापदण्ड जनतासामु प्रमाणित गर्न सक्नुपर्छ । पुराना दलले गरेको भागबण्डाको आलोचना गरेर उदाएको पार्टीले पनि उस्तै प्रश्नको सामना गर्न थालेपछि उसको राजनीतिक विश्वसनीयताको परीक्षण स्वाभाविक रूपमा हुन्छ । यी विभिन्न प्रकरण र काण्ड हेर्दा रास्वपाको जान्नेलाई भान्ने नारा थाङ्नामा सुतेको अवस्था छ । सुशासनको मापदण्ड कसले नियुक्ति पायो भन्नेमा मात्र होइन, किन पायो, कसरी छानियो र निर्णय कति पारदर्शी थियो भन्नेमा निर्भर हुन्छ । रास्वपाका लागि अहिलेको चुनौती यही हो—नारामा घोषणा गरिएको योग्यतामुखी शासनलाई नियुक्तिको व्यवहारमा प्रमाणित गर्ने । – सडक सदन साप्ताहिकबाट

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...