YouTube Link

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

Facebook Link

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ । क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताको रोमाञ्च अनुभव गराउने उद्देश्यले कम्पनीले निःशुल्क प्रवेशसहितका फ्यान जोन सञ्चालन गर्न लागेको हो । कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । यसले रंगशालामै पुग्न नसक्ने दर्शकलाई पनि साथीभाइसँगै बसेर खेल हेर्न, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह साटासाट गर्न अवसर प्रदान गर्नेछ ।

 

कम्पनीका अनुसार काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो गेटअगाडिको मैदानमा फ्यान जोन सञ्चालन हुनेछन् । त्यस्तै, धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । यसैगरी, मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र कोशी प्रदेशको विराटनगरस्थित पुरानो गुद्री मैदानमा समेत फ्यान जोन स्थापना गरिनेछ । यी स्थानमार्फत एनपीएलको माहोल राजधानी र क्रिकेट मैदानमा मात्र सीमित नराखी देशका विभिन्न सहरसम्म विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

 

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारीसमेत गरिएको छ । प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र रमाइला खेलकुद कार्यक्रम सञ्चालन गरिनेछन् । साथै, गिभअवे कार्यक्रममार्फत दर्शकले आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत पाउनेछन् । एनपीएलप्रति बढ्दो जनचासो र क्रिकेटप्रेमीको उत्साहलाई थप विस्तार गर्ने उद्देश्यले यो पहल अघि सारिएको हो । ठूलो स्क्रिनमा खेल हेर्ने, साथीभाइसँग खुसी साट्ने र सामूहिक रूपमा आफ्नो टिमको समर्थन गर्ने अवसरले फ्यान जोनलाई प्रतियोगिताको आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।

 

मैदानमा खेलाडीबीच प्रतिस्पर्धा भइरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, सङ्गीत र मनोरञ्जनले एनपीएलको रौनक थप्ने विश्वास गरिएको छ । क्रिकेटलाई मनोरञ्जन र सामूहिक उत्सवसँग जोड्दै एक्सट्रीमले प्रतियोगिताको माहोल देशव्यापी बनाउने प्रयास गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...