Texas College
YouTube Link

आन्दोलनरत दुवै बार एसोसिएसनलाई वार्तामा आउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वान

Facebook Link

 

काठमाडौं: आफूविरुद्ध आन्दोलनरत दुवै बार एसोसिएसनलाई वार्तामा आउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आह्वान गरेका छन् ।

 

आज आफ्नो राजीनामा माग्दै अदालत परिसरमा वकिलहरूको धर्ना जारी रहेका बेला भित्र कार्यकक्षमा पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन दुवैलाई संवादका लागि आग्रह गरेका हुन् ।

 

यसैबीच सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अदालतभित्रै पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीको विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

 

विज्ञप्तिको पूर्णपाठः

नेपाल बार एसोसिएसनको तर्फबाट मिति २०७४/७/२५ मा सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना क्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, उक्त घटनामा नेपाल बार एसोसिएसनका सचिवलगायत केही कानुन व्यवसायीहरूलाई चोटपटक लागेको भन्ने जानकारीमा आएको हुँदा उहाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछ ।

 

यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखको हैसियतबाट प्रतिबद्धता व्यक्त गर्दछ । नेपाल बार एसोसियसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् ।

 

वर्तमान पारस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु । कानुन र संविधानको व्याख्यामा उठेका वा उठन सक्ने विवादको निरूपण गर्ने राज्यको अंगका रूपमा न्यायपालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास हो ।

 

आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन् । जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो । नेपालको प्रधानन्यायाधीशका रूपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एसोसिएसन र यसका ईकाइहरूबाट पनि अपेक्षा गरिएको हुन्छ भन्न अतिशयोक्ति हुँदैन ।

 

न्यायको एकै रथका दुई पाङ्गाका रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रासामु खडा भएको छ । यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै न्यायपालिकाको संस्थागत सुधार र सवलीकरणका लागि हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छ ।

 

सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प देखिंदैन । मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केहि हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन् ।

 

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरू एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो ।

 

प्रधानन्यायाधीश सर्वोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो । यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन् । हामी सबैको आशा र भरोसाको केन्द्रका रुपमा रहेको न्यायपालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहंदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अबस्था उत्पन्न भएको छ ।

 

सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्ट्रलाई समेत मर्माहत र दुखित बनाएको छ ।

 

यसबीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको हाम्रो महान विरासतमाथि जसरी प्रश्न उठेको छ, त्यसका सम्भावित दूरगामी प्रभावको कल्पना मात्रले पनि हाम्रो हृदय कम्पित हुनुपर्दछ । यसले न्यायापालिका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ ।

 

अर्कोतर्फ, हामीले बिर्सनै नहुने पक्ष के छ भने हाम्रो संविधानले न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकको रूपमा रेखांकित गरेको छ । तसर्थ विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरण सहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्नु कुनै दुईमत रहनुपर्ने विषय होइन ।

 

यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराईबाट हार्दिक आह्वान गर्दछ । न्यायपालिकाले सधैभरी विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिडाउने प्रयासहरू कहि कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकन सहित सामना गर्दै आएको छ ।

 

जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासंग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयंगम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्दछ । कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो गरी एक अर्काको परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछ ।

 

पारस्परिकता र हार्दिकताको त्यो कम जहाँबाट टेको छ, त्यहिबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछ ।

 

२९ कात्तिक २०७८

चोलेन्द्र शमशेर जबरा

प्रधानन्यायाधीश

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...