YouTube Link

‘मिस लिटिल नेवाः’को उपाधि आर्या श्रेष्ठको पोल्टोमा

Facebook Link

 

काठमाडौं: नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस लिटिल नेवाः नेपाल ११४१’को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छिन् ।

 

नेपालकै सबैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्याले फोटोजेनिक र पब्लिक च्वाईसको अवार्ड पनि जितिन् । उनले ताजसँगै २५ हजार रुपैंयाँ पनि पोल्टामा पारिन् ।

 

प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनर्सअपसँगै सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए । त्यसैगरी सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका थिए । फस्ट र सेमेन्ड रनर्सअपका विजेतलाई क्रमश १५ र १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो ।

 

नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, रयापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमूख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणीश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमूख निर्णायक रहेका थिए ।

 

प्रतियोगितामा तिसा तण्डुकार वेस्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन वेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन् ।

 

नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...