रेम्डिसिभिर औषधी विक्रि तथा आयात गर्न तीन कम्पनीले पाए अनुमति
वि.सं.२०७७ असोज ३० शुक्रवार १७:१८
2K
shares
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभर औषधी आयत तथा विक्रिका लागि तीन वटा कम्पनीलाई अनुमती दिएको छ ।
स्वास्थ्य मन्त्रालयले रेम्डिसिभिर औषधीको आयतका लागि यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड, भारतलाई अनुमति दिएको हो ।
मन्त्रालयले सो औषधी आवश्यक परेका कोभिडका बिरामीलाई आवश्य परेको खण्डमा चिकित्सको सिफारिसमा मन्त्रालयले अनुमति दिएको फर्मरफार्मेसीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
कोरोना संक्रमित विरामी उपचार लागि नेपालमा क्लिनिकल ट्रयालका रुपमा रेम्डिसिभिर नामक औषधी प्रयोगमा ल्याएको छ ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १७:१८




















