YouTube Link

६५औं प्रहरी दिवस सम्पन्न

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६५औं प्रहरी दिवस २०७७ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मायाको चिनो समेत प्रदान गरे ।

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानविन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताए ।

साधन स्रोतको सीमितता तथा अभावका बाबजुद पनि देशले सुम्पिएको जिम्मेवारी सधै निष्ठापूर्वक बहन गर्दै आएकोप्रति प्रशंसा गर्दै नेपाल प्रहरीले गरेको काम कारवाहीको नेपाल सरकारबाट उच्च मूल्याङकन भएको प्रधानमन्त्रीले बताए ।

मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने- ‘यसैका जगमा कानूनी शासन, मानव अधिकारको संरक्षण र सम्बर्धन तथा विकासका आधारहरू निर्धारण हुने गर्दछ । मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र हामीले मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्नेछौ ।’ सामाजिक दबाब, विभिन्न प्रभावबाट टाढा रही कानून कार्यान्वयन र दिगो शान्तिका लागि सरोकारवाला सुरक्षा निकायहरु सजग भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यपथमा अग्रसर रहँदा जीवन आहुति दिने वीर, अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनहरुप्रति सम्मान र घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उक्त अवसरमा विशेष अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले “प्रहरी दर्पण २०७७” को लोकार्पण गरे । साथै उहाँले सेवा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ र शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दलाई पूर्ण शान्ति पुरस्कार २०७७ प्रदान गरे ।

सोही अवसरमा उहाँले कर्तव्य पालनाको क्रममा यस वर्ष वीरगति प्राप्त गर्ने ४० जनामध्ये ६ जना अमर प्रहरीका आश्रित परिवारहरुलाई कदरपत्र प्रदान गरे । साथै उनले अच्युत-मिना अक्षयकोषका संस्थापक अध्यक्ष सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई प्रशंसापत्र प्रदान गरे ।

समारोहमा गृहमन्त्री थापाले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

कानून प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आईपर्ने विविध व्यवधान, सीमित स्रोत र साधनका बावजुद नेपाल प्रहरीको कार्य सम्पादन स्तर उच्च रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन गृहमन्त्री थापाले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा महान्यायाधिवक्ता, प्रधान सेनापति, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...