सांग्रिला डेभलपमेण्ट बैंकले सस्थापक शेयर विक्री गर्ने
वि.सं.२०७७ असोज ३० शुक्रवार १६:५३
1.9K
shares
काठमाडौं: सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५९९ कित्ता सस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्यमान संस्थापकहरुले निवेदन दिन अनुरोध गरेको छ । शेयर खरिद गर्न चाहनेहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र कुनैपनि निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने बैकले जनाएको छ ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १६:५३




















