कोरोना साथै आकस्मिक बिरामीहरुका लागि अक्सिजन व्याग बजारमा
वि.सं.२०७८ जेठ २८ शुक्रवार १५:३०
1.7K
shares
काठमाडौं: कोरोना साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित पोर्टेबल अक्सिजन व्याग बजारमा आएको छ । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन व्यागको बिक्री बितरण सुरु गर्न लागेको हो ।
कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजे सम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने जनाएको छ ।
उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने छन् । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुने रिचार्जरले जनाएको छ ।
१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा कोरोना साथै आकस्मिक बिरामीहरुलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउने विश्वास रिचार्जरले लिएको छ ।
उक्त पोर्टेबल व्यागमा एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउ बाट व्यागमा फेरी अक्सिजन भरेर पुर्ण रिफिल गरेर प्रयोग गर्न सकिने रिचार्जरले जनाएको छ ।
रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउने छ ।
यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुनेछ ।
गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
बाग्मती प्रदेश आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक
वि.सं.२०७८ जेठ २८ शुक्रवार १५:३०




















