YouTube Link

कलाकार तथा मोडल निशा घिमिरेको उपचार गरिदै

Facebook Link

काठमाडौं :  कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइ रहेकी घिमिरेको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् ।

 

नेपाली कलाकारितामा ‌क्षत्रमा अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि तीन वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिना कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

 

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण उनको शारीरिक अशक्तता दिन प्रति दिन बढ्दै गएको थियो । उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन । अरुले खुवाइ दिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् तर जवाफ दिन सक्ने अवस्थामा छैनन् ।

 

कलाकार तथा मोडल निशा घिमिरेले भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियल, लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

 

उनलाई नजिकबाट चिनेका र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषय फेसबुकमा पोस्ट गरेको थिए, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभएको र उद्धार गर्ने व्यवस्था मिलाउनुभएको दाहालले बताउनु भयो ।

 

उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको र अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने जानकारी दिनुभयो ।

 

निशाको उद्धारकालागी  बिहीबार बिहान उनलाई लिन नर्भिक अस्पतालको एम्बुलेन्स उनको घर गएको थियो । हाल निशाको नर्भिक अस्पतालमा उपचार थालिएको छ । प्रारम्भिक जाँचका क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै– मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायतमा ठूलो समस्या नदेखिएको अस्पतालले जनाएको छ ।

 

निशाको अवस्था पहिलाजस्तै मोडलिङ गर्ने गरी ठीक नभएता पनी कम्तीमा आफैँ हिँडडुल गर्नसक्ने, आफैँ खानसक्ने र केही बोल्न सक्ने सम्म भए पनि सुधार हुने नर्भिकका चिकित्सकहरुले अपेक्षा गरेका छन् ।

 

निशा जिउँदो लाश भएर लडेको ३ वर्षमा उद्धार भएकोमा छिमेकी र उनका अभिभावक खुशी छन् । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको निशाका बुवाले बताउनु भएको छ ।

 

यो पनि पढ्नुहोस् :

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...