अनसनरत डा. गोविन्द केसीको पिसिआर नेगेटिभ
वि.सं.२०७७ असोज १० शनिवार २२:०५
1.6K
shares
काठमाडौ: १३ दिनदेखि अनसनरत डा. गाेविन्द केसीको कोरोन पिसिआर रिपोर्ट नेगेटिभ आएको छ त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको थियो।
१३ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा. केसी असुरक्षाको महसुस गर्दै काठमाडौं आएका थिए। काठमाडौं आएपछि सरकारले जबर्जस्ती उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो। तर त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर उनी शिक्षण अस्पताल गएका थिए।
डा. केसीको समर्थनमा युवाहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । आफ्ना माग पूरा नहुन्जेल आफूले अनसन स्थगित नगर्ने डा केसीले अडान लिएका छन् ।
वि.सं.२०७७ असोज १० शनिवार २२:०५




















