सांग्रिला डेभलपमेन्ट बैंककाे ब्याज रकममा छुट याेजना
वि.सं.२०७७ असोज १० शनिवार २०:४८
1.6K
shares
काठमाडाैं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकहरुलाई काेराेना महामारीबाट परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ।
बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुटकाे व्यवस्था गरेकाे बैंकले जनाएकाे छ ।
उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकले जनाएकाे छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास लिएकाे छ ।
वि.सं.२०७७ असोज १० शनिवार २०:४८




















