YouTube Link

नोकिया नाइनमा एकसाथ ५ क्यामराले फोटो खिच्ने

Facebook Link

नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट फोटो क्वालिटी दिने स्मार्टफोन बन्ने देखिएको छ ।

नोकियाको यो फोनबाट फोटो खिच्दा पछाडिको भागमा रहने ५ वटा मुख्य क्यामराले एकसाथ फोटो खिच्नेछन् र ति सबै क्यामराले कैद गरेका फोटो एकत्रित गरेर पूर्ण तस्वीर तयार हुनेछ ।

यसले स्मार्टफोन क्यामराबाट हुने अहिलेसम्मकै उत्कृष्ट गुणस्तरको तस्वीर तयार हुनेछ ।

यसरी एकसाथ ५ वटा क्यामरामा कैद गरेको तस्वीरलाई एकत्रित गर्दा सुक्ष्म तथा बिहंगम दृश्ययुक्त तस्वीर तयार हुन्छ, जसलाई यसको ओरिजिनल अवस्थामा असर नपर्नेगरी अधिकतम रुपमा सम्पादन गर्न समेत सहज हुने नोकियाले दाबी गरेको छ ।

नोकियाका अनुसार यो स्मार्टफोनको क्यामराले लिने तस्वीर २ सय ४० मेगापिक्सेल रिजोलुसन सम्मको हुनेछ ।

तर कतिपय विश्लेषकहरुले चाहीँ यो डिभाइस स्मार्टफोन बजारका लागि चुनौतिपूर्ण हुने बताएका छन् ।

यो नोकिया नाइन स्मार्टफोनका ५ वटै रियर क्यामरा १२ मेगापिक्सेलका रहेका छन् । साथै डेप्थ रिडिङका लागि यसमा इन्फ्रारेड सेन्सर पनि रहेको छ ।

ती मध्ये दुईवटा क्यामरामा रङ कैद गर्नका लागि रेड–ग्रिन–ब्लू सेन्सर रहेको छ । अन्य तिनवटा मोनोक्रोम सेन्सर रहेको छ ।

नोकिया ब्राण्डको स्वामित्व रहेको निर्माता एच एम डी ग्लोबलका अनुसार अत्याधुनिक डिजिटल क्यामरा भन्दा कम क्षमतायुक्त भएपनि यो स्मार्टफोनको क्यामरा विद्यमान सबै खाले स्मार्टफोन भन्दा उत्कृष्ट रहेको छ ।

नोकिया प्यू भ्यू स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको हो । यसको मूल्य ६ सय ९९ डलर तोकिएको छ ।

एजेन्सी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...