YouTube Link

पाकिस्ती सीमामा गरेको बम आक्रमणमा तीन सय भन्दा बढी लडाकु मारिएको भारतको दावी

Facebook Link

कश्मिरको पलुवामा आक्रमणपछि चुलिएको भारत पाकिस्तान विवाद उत्कर्षमा पुगेको छ । भारतले विद्रोही समूह जैस-ए-मोहम्मदका लडाकू र प्रशिक्षण केन्द्रलाई लक्षित गरी पाकिस्तानी भूमिमा गरेको हवाई आक्रमण गरेको दावी गरेपछि दुई देशबीचको वाकयुद्ध झनै झाङ्गिएको हो ।

भारतले आक्रमणमा ३ सय भन्दा बढी लडाकू मारिएको दाबी गरेको छ । सिमावर्ती नियन्त्रण रेखा लाइन अफ कन्ट्रोल पार गरेर मंगलबार बिहान भारतीय वायू सेनाका लडाकू विमानले हवाई आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय विदेशमन्त्रालयले वायू सेनाका १२ लडाकू विमानले गरेको हवाई आक्रमणमा १७ भन्दा बढी लडाकूको प्रशिक्षण शिविर ध्वस्त भएको बताएको छ । मंगलबारै राजस्थानमा आयोजित र्यालीमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीको शिविर ध्वस्त पारेको भन्दै वायू सेनालाई धन्यवाद दिएका छन् । उनले देशको शिर झुक्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।

उता, पाकिस्तानी सेनाले सिमा उल्लंघन गरेर आफ्नो भूमिमा प्रवेश गरेको भारतीय सेनाको विमानलाई लखेटिएको दाबी गरेको छ । प्रधानमन्त्री इमरान खानले बोलाएको आपतकालीन सुरक्षा बैठकपछि जारी विज्ञप्तिमा पनि भारतले गरेको दावीलाई खारेज गरिएको छ । भारतले आफ्नो उद्देश्य पुर्तिका लागि बिना आधारको दावी गरेको भन्दै पाकिस्तानले भारतलाई उपयुक्त स्थानमा जवाफ दिइने पनि चेतावनी दिएको छ ।

आक्रमणको प्रचार आन्तरिक राजनीतिसँग सम्बन्धित रहेको पाकिस्तानको भनाई छ । यद्यपी प्रधानमन्त्री इमरान खानले सेना लगायत सबै सुरक्षा अंगहरुलाई सबै अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन् ।

यसैबीच, यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । “ईयू दुबै मुलुकसँग सम्पर्कमा रहेको वताउँदै दुबै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरी रहेको प्रवक्ता माजा कोसिजान्सिकको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...