YouTube Link

एमडीएमएस लागू गरिए पनि मोबाइल सेट बन्द नगरिने

World Cup 2026
Facebook Link

काठमाडौं:  एमडीएमएस लागू गरिए पनि हाल सञ्चालनमा रहेका मोबाइल सेट बन्द नगरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको हो ।

 

प्राधिकरणले मोबाइल सेट आयात गर्नुअघि अनिवार्य स्तर स्वीकृति (टाइप एप्रूभल) गर्न तथा इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमइआइ) दर्ता गर्न आग्रह गरेको छ।

 

प्राधिकरणले पहिलो चरणअन्तर्गत व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआइ रजिष्ट्रेसन एमडीएमएसमार्फत गर्ने व्यवस्था गरेको छ।

 

एमडीएमएसलाई क्रमश: लागू गर्दै मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाउने दाबी प्राधिकरणको छ ।

 

व्यक्तिगत रुपमा आयात गरिएका मोबाइल सेटको हकमा भने प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np/individual मा गएर दर्ता गर्न भनिएको छ।

 

प्राधिकरणले नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भएर प्राधिकरणमा आइएमइआइ दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रूपमा भ्याट बिल लिन समेत प्राधिकरणले प्रयोगकर्तालाई अनुरोध गरेको छ।

 

नेपालका दूरसञ्चार नेटवर्कहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका सिम त्यस्ता सेटमा डिसेबल गर्ने प्राधिकरणको तयारी छ।

 

विदेशबाट आएको वा गिफ्ट ल्याएको एक पिस फोनहरुलाई निश्चित प्रतिशत भन्सार महसुल लिएर वा नलिएर दर्ता गर्ने भन्ने विषय समाधान हुन अझै केही समय लाग्ने देखिन्छ।

 

एमडीएमएसलाई आवश्यक भवन चाबहिलमा निर्माणाधीन छ। प्राधिकरणले गत माघमा मात्रै प्रिफ्याब स्ट्रक्चर भवनको ठेक्का किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी प्रालिलाई दिएको थियो। एमडीएमएसको समग्र प्रणाली अस्थायी रुपमा सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ।

 

यो पनी पढ्नुहोस् :

महालक्ष्मी विकास बैंकले महिलामैत्री शौचालयकालागि आर्थिक सहयोग

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...