YouTube Link

महालक्ष्मी विकास बैंकले महिलामैत्री शौचालयकालागि आर्थिक सहयोग

World Cup 2026
Facebook Link

काठमाडौं :  महालक्ष्मी विकास बैंकले महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट विविध कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

 

रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा आज बेलहिया माध्यामिक विद्यालयको प्राँगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक  गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्।

 

बैंकले कोरोनाका कारण उत्पन्न यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।

 

यो पनी पढ्नुहोस् :

एनआईसी एशिया बैंकले रु. १० लाख बीमा रकम भुक्तानी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...