YouTube Link

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप (AI Skills for Photojournalists): व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ काठमाडौंमा सुरु भएको छ ।

 

दुईदिने कार्यशाला साउन ९ र १० गते बिहान ७:०० बजेदेखि १२:०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन भइरहेको छ । कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले गरेको छ । कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन् ।

 

कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ, मोबाइल पत्रकारिता , एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, एआईको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ ।

 

 

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण, अडियो रेकर्डिङ तथा एआई उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी सीप हासिल गर्नेछन् । साथै, समाचार कक्षमा एआईको प्रयोग, उत्पादकत्व वृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइनेछ ।

 

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए । उनका अनुसार आधुनिक फोटो पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास विकास गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...