YouTube Link

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

Facebook Link

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६ अगस्ट २०२६ (२०८३ साउन २६ देखि ३१ गते) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने यस एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ उत्पादन र मोडल सार्वजनिक गरिने पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

 

प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समावेश हुनेछन् । पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीसम्म विस्तार भएको जानकारी दिए । उनका अनुसार यो विस्तारले उद्योग क्षेत्रको विश्वास, एकीकृत मञ्चको आवश्यकता तथा नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

 

उनले नाइमाको दृष्टिकोण ‘गतिशीलतामार्फत समृद्धि’ र अभियान ‘सबैका लागि गतिशीलता’ एक्स्पोमा मात्र सीमित नभई पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताए । उनले गतिशीलता सुधारिएसँगै अवसर विस्तार हुने र नागरिक तथा व्यवसाय सहज रूपमा अघि बढ्न सके देशको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे ।

 

अध्यक्ष वैद्यले नाइमाले गत वर्ष मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर पैरवी गर्नुका साथै पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न गरेको, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम उपलब्ध गराएको, क्षति पुगेका कार्यालयहरूको पुनःनिर्माणमा सहयोग गरेको तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागलाई आवश्यक सहयोग प्रदान गरेको जानकारी दिए । साथै, सरकारी निकायसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतनामूलक कार्यक्रम तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला सञ्चालन भइरहेको पनि उनले बताए ।

 

उनले नाइमा मोबिलिटी एक्स्पो र नाइमा मासिक मोबिलिटी संवादलाई संस्थागत गरिसकिएको तथा नाइमा मोबिलिटी जर्नल र नाइमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र तालिम कार्यक्रमका लागि विनियोजन गरिने तथा सो फेलोसिपअन्तर्गत तयार हुने अनुसन्धान र लेखहरू नाइमा मोबिलिटी जर्नलमा प्रकाशन गरिने उनले बताए ।

 

नाइमाले आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने तथा विशेषगरी शिक्षा मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा सदस्य कम्पनी तथा उद्योगसँग सम्बन्धित पक्षबाट आएको उच्च मागलाई ध्यानमा राख्दै व्यावसायिक मोबिलिटी ब्रान्ड तथा सम्बन्धित क्षेत्रलाई लक्षित गरी थप मोबिलिटी प्रदर्शनी आयोजना गर्ने सम्भावनाबारे पनि नाइमाले विचार गरिरहेको जानकारी दिइयो । स्थान अभावका कारण केही इच्छुक सदस्य र सरोकारवालालाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै अध्यक्ष वैद्यले नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधारको आवश्यकता औँल्याए ।

 

 

नाइमा बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले व्यवसाय विस्तार, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने बताए । त्यसैगरी, नाइमा अटो शो योजना समितिका संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई व्यवस्थित, सहज, समावेशी तथा आगन्तुकमैत्री बनाइने जानकारी दिए । उनले यस वर्षको एक्स्पोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार मनसुनलाई ध्यानमा राखेर विशेष व्यवस्थापन गरिनेछ भने अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि प्रदर्शनीस्थल पहुँचयोग्य बनाइनेछ । आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ । पठाओले राइड साझेदारका रूपमा छुटसहितको यात्रा सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्यूआरमार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा प्रदान गर्नेछ ।

 

यस वर्षको एक्स्पोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित सभाहलमा आयोजना हुने निःशुल्क सिकाइ सत्रहरू हुनेछन् । यी सत्रहरूमा विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वको सहभागिता रहनेछ। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन् ।

 

पत्रकार सम्मेलनको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाइमा एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइ, ज्ञान आदानप्रदान र अनुभव साझेदारीको उत्कृष्ट मञ्च बनाउने लक्ष्य रहेको बताए । नाइमाले परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीतिनिर्माता, सञ्चारकर्मी तथा आम नागरिकलाई आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी मञ्चको हिस्सा बन्न आग्रह गरेको छ ।

 

नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो । सञ्चारकर्मी, प्रायोजक तथा साझेदार संस्था, प्रदर्शक, नाइमा बोर्ड सदस्य, सदस्य कम्पनी तथा अटोमोबाइल र मोबिलिटी क्षेत्रका विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थितिमा एक्स्पोका प्रमुख कार्यक्रम र विशेषताबारे जानकारी गराइएको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...