YouTube Link

आर्थिक क्षेत्रलाई चलाएमान बनाउन स्मार्ट लकडाउनको अवधारणा

World Cup 2026
Facebook Link

काठमाडौं:  सरकारले कोरोना संक्रमण कम हुँदै गएका बेला आर्थिक क्षेत्रलाई चलाएमान बनाउनका लागि स्मार्ट लकडाउनको अवधारणा अगाडि सारेको छ । स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनानै स्मार्ट लकडाउनको मोडल हो ।

 

नेपालमा कोरोनाको दोस्रो लहरसंगै अघोषित लकडाउन लागु गरिएको छ ।  विभिन्न जिल्लाहरुमा आफ्नो ढंगले निषेधाज्ञा जारी गरिएको छ । यसैबीच कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले अब स्मार्ट लकडाउनको मोडलमा जाने जनाएको छ । सीसीएमसीको बैठकपछि जारी गरिएको विज्ञप्तिमा स्मार्ट लकडाउनको मोडलमा जाने उल्लेछ गरिएको छ ।

 

स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिन स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट गरिने छ । सकेसम्म धेरै काम मानिसको भौतिक उपस्थितिबिना अनलाइनबाट गर्न सकिने प्रवन्ध गरिने सीसीएमसीले जनाएको छ ।

 

आधुनिक प्रविधि प्रयोग नभएका सरकारी निकायहरूमा थोरै कर्मचारी उपस्थित गराएर काम सञ्चालन गरिने छ । अब सुरु हुने स्मार्ट लकडाउनमा इ–कमर्सबाट हुने कामलाई प्राथमिकमा राखिने र सबै क्षेत्रका काम सुचारु हुनेछ ।

 

सरकारले वा जिल्ला प्रशासन कार्यालयले कुन काम कुन समयमा गर्ने भनेर तोकेको समय अनुसार उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्न पाईनेछ । उक्त स्थानमा कोरोनाभाइरस रोकथामको लागि स्वास्थ्यको मापदण्ड कडाइका साथ लागू हुने सीसीएमसीले जनाएको छ ।

 

सरकारले तीनवटा मोडालिटीमा अगाडि बढ्ने योजना बनाएको छ । पहिलो सीसीएमसीले कुन व्यवसायलाई कसरी सञ्चालन गर्ने भनेर तोक्ने । दोस्रो, जिल्लास्तरीय सीसीएमसीका प्रमुखले जिल्लामा कसरी आर्थिक र सामाजिक क्रियाकलापहरू अगाडि बढाउने भन्ने निर्णय गर्ने र तेस्रो, बन्दको कारण रोजगारी गुमाएर खानबस्न नै समस्या भएका नागरिकलाई राहत दिँदै आर्थिक क्रियाकलापसँग जोड्ने योजना बनाएको छ ।

 

स्मार्ट लकडाउनमा कोरोना बिरामीको उपचारमा र बिरामीलाई समस्या परेको खण्डमा तत्कालै समस्या समाधानको लागि अनलाइनबाट सम्भव भएसम्म सेवाहरु दिइने सरकारको दाबी छ । स्मार्ट लकडाउनमा फेरि संक्रमण फैलन नदिने गरी आर्थिक र सामाजिक क्षेत्र खुला गर्ने अवधारणा अनुसार परिस्थिति अनुसार निर्णय गर्दै जाने सीसीएमसीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्कता अपनाउन आग्रह

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...