५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल निर्माण
वि.सं.२०७८ वैशाख २६ आइतवार १३:२६
1.7K
shares
काठमाडौं: नेपाल सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
देशको पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ। कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।
यो पनि पढ्नुहोस् :
काठमाडौं महानगरपालिकाले घर बहाल करको दर तोक्ने
वि.सं.२०७८ वैशाख २६ आइतवार १३:२६



















