बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखलाई लगातार नवौँ पटक
वि.सं.२०७८ वैशाख २६ आइतवार १५:०९
1.9K
shares
एजेन्सीः बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार दोस्रो स्थानको आरबी लेइपजिगलाई चौथो स्थानको बोरुसिया डर्टमुन्डले ३–२ ले हराएपछि बायर्नको उपाधि सुनिश्चित भएको थियो ।
त्यसको छोटो अन्तरमै घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ६–० को विशाल अन्तरले हरायो ।
बायर्नबाट रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलर, किङ्ग्स्ले कोम्यान र लेराई सानेले थप एक–एक गोल गरे ।
७५ औं मिनेटमा तान्गाई नियान्झोउले रातो कार्ड खानुअघि नै बार्यनले ५–० को अग्रता बनाइसकेको थियो ।
१० खेलाडीमा सिमित बायर्नबाट ८५ औं मिनेटमा सानेले छैटौं गोल गरे ।
लिगमा अन्तिम दुई खेल सकिन बाँकी छँदा बार्यनले ७४ अंक बनाएको छ भने डर्टमुन्डसँग पराजित भएको दोस्रो स्थानको लेइपिगको ६४ अंक छ ।
बायर्नका रोबर्ट लेवान्डोस्कीले जारी लिगमा ३९ गोल गरिसकेका छन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख २६ आइतवार १५:०९


















