YouTube Link

काठमाडौं महानगरपालिकाले घर बहाल करको दर तोक्ने

Facebook Link

काठमाडौं:  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ देखि घर बहाल करको दर तोक्न भएको छ । काठमाडौँमा घरभाडावापत कति कर तिर्ने भन्ने दर तोकिने भएको हो ।

 

काठमाडौंमा विभिन्न कामका लागि बाहिरि जिल्लाबाट आएर कोठा भाडामा बस्दै आएका नागरिकहरुबाट घरधनीहरुले आफूखुशी भाडा उठाएकोले यस्तो व्यवस्था गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

 

महानगरको राजश्व परामर्श समितिबाट बहाल कर तोक्ने विषय पारित भईसकेको छ । कार्यपालिकाबाट पारित भएर आगामी नगरसभाबाट पास भएपछि महानगर क्षेत्रभित्र न्यूनतम बहाल कर लागू हुनेछ ।

 

सम्पत्ती करमा जग्गाको बाटो अनुसार तोकिने न्यूनतम दरलाई आधार बनाएर प्रतिस्क्वायर फिटको १५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म बहाल कर तोक्ने तयारी भईरहेको महानगरपालिकाले जनाएको छ ।

 

घर भएका स्थान, सो क्षेत्रमा भएको सडकको चौडा र घरको तला अनुसार फरक फरक दर कायम हुनेछ । आवश्यक सबै अध्ययन गरेर वैज्ञानिक हिसाबले नै घर बहाल कर निर्धारण गर्न लागिएको र यसले घर धनीलाई करको दायरामा ल्याउने महानगरको विश्वास छ ।

 

अहिले काठमाडौँमा घरधनीले भाडामा बस्नेसँग लिने बहालको दर अनुसार राजश्व नबुझाउँदा महानगरले अपेक्षाकृत राजश्व संकलन गर्न नसकेको र महानगर क्षेत्रभित्रका आधा भन्दा बढी घरधनीले बहाल उठाएवापत कर नतिरेको महानगरको निष्कर्ष छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा महानगरले एक अर्ब ७० करोड रुपैयाँ बहाल कर उठाएको थियो । चालु वर्षमा २ अर्ब उठाउने लक्ष्य भएपनि चैतसम्म लक्ष्यको ६० प्रतिशत मात्र बहाल कर उठेको छ ।  न्यूनतम बहाल कर तोकिएपछि ५ अर्ब रुपैयाँ बहाल कर उठ्ने दाबी महानगरको छ ।

 

घरधनीले कोठा, सटर तथा घर नै भाडामा लगाउँदा भाडामा लिनेसँग गर्ने सम्झौता हजारमा हुने तर लिने रकम चाहिँ लाख हुने भएकाले महानगरले सम्झौता अनुसारको बहाल कर लिनुपर्ने बाध्यता छ ।

 

सबैले भाडा लिने र देखाउने सम्झौता फरक–फरक हुने भएकाले घरधनीले भाडावालबाट लिएको रकम बराबरै राजश्व उठ्नेमा भने महानगर अझै विश्वस्त छैन । ठाउँ र बाटो अनुसार बहाल कर तोकेपछि अहिले उठिरहेको राजश्व बढ्ने दाबी महानगरको छ  ।

 

यो पनि पढ्नुहोस् :

जन्मोत्सवको अवसरमा पत्रकार प्रकृतिले गरिन् आर्थिक सहयोग

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...