YouTube Link

सावित्राको ह्याट्रिकमा एपिएफको सहज जित

Facebook Link

काठमाण्डौंः राजधानीमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उसले विराटनगर महानगरपालिकामाथि ७–० को सहज जित हात पारेको हो ।

एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले चार, अनिता बस्नेतले २ र सरु लिम्बूले १ गोल गरे ।

खेलको नवौं मिनेटमा गोल गर्दै अनिताले एपिएफलाई अग्रता दिलाइन् ।

२६औं मिनेटमा सावित्राले एपिएफको अग्रतालाई दोब्बर बनाइन् ।

४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३–० ले अघि रहेको एपिएफले दोस्रो हाफमा ४ गोल थप्यो ।

७२ औं मिनेटमा सरुले टिमका लागि चौथो गोल गरिन् ।

७४ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गरिन् ।

७९औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा ६–० ले अगाडि बढेको एपिएफले ८९औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गरेपछि ७–० सहज जित दर्ता ग¥यो ।

जितसँगै एपिएफ दुई खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो ।

पराजित विराटनगरको समान खेलबाट २ अंक छ ।

उसले पहिलो खेलमा वालिङ नगरपालिकासँग १–१ को बराबरी खेलेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%ae-%e0%a4%95%e0%a4%aa%e0%a4%83-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b2%e0%a5%81/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...