YouTube Link

सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने

Facebook Link

काठमाडौं:  सरकारले १२ औं राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने भएको छ । जनगणनामा खटिने गणकका लागि १ महिना र सुपरिवेक्षेको लागि २ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न लागिएको हो ।

केन्द्रीय तथ्यांक विभागले जनगणनाको लागि गणक र सुपरिवेक्षकले २०७७ माघ ११ देखि चैत ११ गतेसम्म  इच्छुक व्यक्तिले संस्थाको वेवसाइटमा गएर स्मार्ट मोबाइल फोनबाट फारम भर्न सक्ने व्यवस्था मिलाएको छ । स्थानीय तहमा खुलेका कार्यालयमै तालिम दिइने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

जनगणनाको लागि प्रदेश तथा जिल्लामा ८७ वटा कार्यालय स्थापना हुनेछन् भने स्थानीयस्तरमा ३४९ वटा कार्यालय खोल्ने तयारी विभागले गरेको छ । सरकारले ‘मेरो जनगणना, मेरो सहभागिता ’ भन्ने मूल नाराका साथ यहि जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

विभागले घर तथा परिवार सूचीकरणका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्म र २० व्यक्तिगत गणनाका लागि १५ दिन समय छुट्याएको छ । जेठ २५ गतेदेखि असार ८ गतेसम्म मूल गणना गर्ने अभियान स्वरुप नेपाल सबै जिल्ल्लामा एकै पटक जनगणना गर्ने  छ । असार १ गतेलाई राष्ट्रिय जनगणना दिवसको रुपमा मनाइने छ ।

२०७८ असोज मसान्तसम्म सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन तयार गरी नतिजा प्रकाशन गर्ने विभागको योजना छ । १९६८ पछि नेपालमा हरेक १० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यसै वर्ष १२ औं जनगणना आर्थिक वर्षको असारमा हुँदैछ ।

जनगणनाको प्रश्नावलीको खण्ड ‘क’ मा ११ वटा प्रश्न सोधिने छ । उक्त खण्डमा घरपरिवारको परिचयात्मक विवरणदेखि घरको प्रकार तथा घर बनाएको वर्षसम्म सोधिने छ । साथै परिवारले लिएको व्यवसायिक तथा प्राविधिक विषय सम्बन्धि प्रश्नावली तयार पारिएको छ ।

खण्ड ‘ख’ को मुख्य प्रश्नावलीमा परिवारले प्रयोग गरेको फोन, सवारी साधन, रेप्रिजेरेटर, वासिंङ मेशिन, एयर कन्डिशनलगायतका घरायसी सुविधा तथा साधनको वारेमा प्रश्न सोधिने छ । साथै परिवारमो महिलाका नाममा रहेको घरजग्गा विवरण समेत सोधिने भएको छ ।

यो पनि पढ्नुहोस् :

नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्दै ओली, क -कसलाई लगाउदैछन् ठेगान ?

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...