नौलिन स्पोर्ट भिल्लाले फन डबल्स लन टेनिस प्रतियोगिता आयोजना गर्ने
वि.सं.२०७७ पुस १० शुक्रवार १५:१२
1.8K
shares
काठमाण्डौं: नौलिन स्पोर्ट भिल्लाले २०२० फन डबल्स लन टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका – ८ सुन्दरबस्ती स्थित भिल्लाको आफ्नै कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
डिसेम्बर ३० देखी ३१ तारिख बिच आयोजना हुने प्रतियोगितामा आकाङ्क्षी प्रतियोगिहरुले २ हजार रुपयाँमा आफ्नो टिम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा सहभागी हुन चाहने जोडीले २९ डिसेम्बर सम्म टिम दर्ता गरि सक्नुपर्ने नौलिन स्पोर्ट भिल्लाले जनाएको छ ।
उक्त प्रतियोगितामा टेनिसका एम्याच्वेर खेलाडीहरुले मात्र सहभागिता जनाउने भएकाले ब्यावसायीक खेलाडीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय बरीयातामा समावेश खेलाडीहरु र टेनिस प्रशिक्षकहरुले सहभागिता जनाउन नपाईने भिल्लाले जनाएको छ ।
प्रतियोगितामा १४ बर्ष माथिका एम्याच्वेर खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् भने प्रत्यक दिनका खेलहरु बिहान ७ बजे देखी दिउँसो ४ बजे सम्म आयोजना गरिने छ साथै बिजेता जोडीलाई गोल्डेन ट्रफी र उप बिजेता जोडीलाई सील्भर ट्रफी प्रदान गरिने भिल्लाले जनाएको छ ।

प्रतियोगिताका सेमीफाईनल र फाईनल चरणका खेलहरु बेस्ट अफ ३ को सेटमा खेलाईने छन् भने त्यस अघीका खेलहरु १ सेटको मात्र हुने छ । नौलिन स्पोर्ट भिल्लाले बर्षको सुखद अन्य गर्न र आपसी मेलमिलाप र भाईचाराको सम्वन्ध विस्तारका लागी प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
यस्तै कोरोना महामारी बिच सहभागी खेलाडीहरुले आफ्नो स्वास्थ सुरक्षाको प्रवन्ध आफै गर्नु पर्ने नौलिन स्पोर्ट भिल्लाले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस बर्खास्त
वि.सं.२०७७ पुस १० शुक्रवार १५:१२




















