YouTube Link

हाइ-स्पीड इन्टरनेटका लागि अन्तरिक्षमा तीन हजारभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गरिने

World Cup 2026
Facebook Link

एजेन्सी: हाइ-स्पीड इन्टरनेट उपलब्ध गराउनका लागि अमेजनले अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ । हालै अमेजनले जारी गरेको योजनाअनुसार ‘प्रोजेक्ट कुइपर’ नामक परियोजना अन्तर्गत अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट परीक्षण गरिनेछ ।

अमेजनले सार्वजनिक गरेको योजना अनुसार अन्तरिक्षको तल्लो तहमा ३ हजारभन्दा धेरै स्याटेलाइटको सञ्जाल प्रक्षेपण गरिनेछ जसले पृथ्वीमा तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध हुनेछ । यसले संसारभर तीब्र गतिको इन्टरनेटको पहुँच बाहिर रहेका मानिसहरुलाई इन्टरनेट सञ्जालसँग जोड्ने अमेजनले जनाएको छ । यसबारे अमेजनले विस्तृत योजना संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनसमक्ष बुझाइसकेको छ ।

पछिल्लो समय अन्तरिक्षबाट पृथ्वीमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले अमेजनसहित विभिन्न कम्पनीले अध्ययन गरिरहेको बताइन्छ । केही समयअघि मात्रै वानवेब नामक कम्पनीले यस्तै प्रयोजनका लागि अन्तरिक्षमा ६ वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ ।

अन्तरिक्षबाट पृथ्वीमा तीब्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने विषयमा अमेजन र वानवेबसहित इलोन मस्कको स्पेसएक्स, लेयोसाट, टेलेसाट र अमेरिकाको रक्षा तथा हवाई उपकरण निर्माता कम्पनी बोइङलगायतका कम्पनीले पनि स्याटेलाइटबाट इन्टरनेट प्रवाह गर्ने विषयमा अनुसन्धान गरिरहेका छन् । यस्ता स्याटेलाइटले पृथ्वीमा सञ्चारको साधनमा तीब्र परिवर्तन ल्याउने प्राविधिक तथा वैज्ञानिकहरु बताउँछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...