YouTube Link

आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राइयाथलन पोखरामा हुने

Khanepani Dhal
Facebook Link

पोखरा: ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गरिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो ।

पूर्वाञ्चलमा आयोजना भएको सातौ प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता पनि अन्तमा मध्य–पश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो । पूर्वाधारका अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।

नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्यिनशिपलाई अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।

पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।

प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २÷२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।

यहि चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीहरुको दर्ता हुनु पर्नेमा समयमानै खेलाडीहरुलो आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुल्ला प्रतिस्पर्धा गराईन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढन सक्ने श्रेष्ठले बताएका छन । अहिले सम्म नेपाली सेना बाट १२, शसस्त्रको एपिएफ क्लब बाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोट बाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जस मध्ये १७ जना महिला खेलाडी रहेका छन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...