YouTube Link

चुनावमा संगठित अपराध भएको आशंका रहेको राष्ट्रपति एर्दोगानको भनाई

Khanepani Dhal
Facebook Link

एजेन्सी: टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले हालै भएको स्थानीय निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको मतदानका क्रममा मतपेटिकामा ‘संगठित अपराध’ भएको हुनसक्ने जनाएका छन् ।

रुस भ्रमणमा जानुअघि पत्रकार सम्मेलनमा राष्ट्रपति एर्दोगानले मतपेटिका संगठित अपराधको सिकार भएको हुनसक्ने बताएका हुन् । इस्तानबुल शहरमा एर्दोगानको जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिम विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रम इमामोग्लुसँग २५ हजार भन्दा धेरै मत अन्तरले पराजित भएका थिए ।

आफ्ना उम्मेद्वार पराजित भएपछि एकेपीले त्यहाँ पुनः मतगणना गर्न भन्दै निर्वाचन बोर्डसमक्ष उजुरी दिएका थिए । उजुरीपश्चात शहरका केही जिल्लामा दोहोर्याएर गरिएको मतगणनामा दुई उम्मेद्वारबीचको मत अन्तर १६ हजारमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एकेपीले भने शहरका सबै जिल्लामा दोहोरयाएर मतगणना हुनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रपति एर्दोगानले भने एक करोडभन्दा धेरै जनसङ्ख्या रहेको शहरमा कुनै उम्मेद्वार केबल २० हजार भन्दा कम मत अन्तरले पराजित हुँदा त्यसमा षड्यन्त्र भएको हुनसक्ने आशंका पैदा हुने जनाएका छन् । अर्कोतर्फ इस्तानबुलको चुनाव जितेको सीएचपीले भने एर्दोगानको भनाइको निन्दा गर्दै एर्दागानको मागबमोजिम निर्वाचन बोर्डले दोहोरयाएर मतगणना गराए वा दोश्रो चरणको निर्वाचनको मिति घोषणा गरे त्यसले निर्वाचन बोर्डको विश्वसनीयता तथा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै त्यसो नगर्न आह्वान गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

वि.सं.२०८१ पुस १४ आइतवार ०८:१४

एजेन्सीः दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान...

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:०५

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने...

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:५०

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।...

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:३६

एजेन्सी: लेवनाको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई...